मन्त्रीलाई कालोमोसो दल्न गएका राजपाका नेता कार्यकर्ता पक्राउ

मन्त्रीलाई कालोमोसो दल्न गएका राजपाका नेता कार्यकर्ता पक्राउ

जनकपुरधाम : प्रदेश २ मा एक मन्त्रीलाई कालोमोसो दल्न पुगेका युवाहरूलाई प्रहरीले पक्राउ गरेको छ । प्रदेश २ का सामाजिक विकास मन्त्री नवल किशोर साह (रामबाबु) लाई कालोमोसो दल्न पुगेका युवाहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्ने राष्ट्रिय जनता पार्टी नेपाल समर्थित राष्ट्रिय विद्यार्थी संघका युवाहरू रहेका छन् ।  

जनकपुरधाम ८ स्थित जानकी हेल्थ केयर एण्ड रिसर्च सेन्टरको एक कार्यक्रममा सहभागी हुन पुगेका बेला मन्त्री साहलाई उनकै कार्यकर्ताले कालो झण्डा देखाउने र कालोमोसो दल्ने कार्यक्रमको योजना बनाएका थिए । तर प्रहरीले जानकारी पाएपछि उनिहरुलाई कालो झण्डा देखाउने क्रममा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । 

राजपा नेपाल धनुषाका जिल्ला अध्यक्ष मण्डलका सदस्य ज्ञानेन्द्र झा ‘ज्ञानू’ र मन्त्री साहबीच शुक्रबार साँझ विवाद भएको थियो । सोही विवादपछि ज्ञानेन्द्र झाले समाजिक सञ्जाल फेसबुकमा मन्त्री साहलाई औकातमा ल्याइदिने भन्दै कालोमोसो दल्ने चेतावनी दिएका थिए । पक्राउ गरिएका युवाहरूलाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.