डीएभी र अक्षरा अन्तिम आठमा

डीएभी र अक्षरा अन्तिम आठमा

भक्तपुर : डीएभी र अक्षरा स्कुल भक्तपुरमा जारी १३ औं प्रधानसेनापति कप टी ट्वेन्टी रनिङ क्रिकेट प्रतियोगिताको अन्तिम आठमा पुग्न सफल भएका छन् । भक्तपुरको सल्लाघारीस्थित सैनिक आवासीय महाविद्यालयद्वारा आयोजित प्रतियोगिताअन्तर्गत शनिबार दोस्रो जीत हात पार्दै डीएभी अन्तिम आठमा पुगेको हो ।

शनिबार भएको लिगमा समूह डी को डीएभीले रोजबड स्कुललाई ३७ रनले हराएको छ। दुई खेलमा पराजित रोजबड र नेक्सस स्कुल लिग चरणबाटै बाहिरिएका छन् । शनिबार डीएभीले दोस्रो जीत हात पार्दा समूह डी कै अक्षरा पनि स्वतः अन्तिम आठमा पुगेको हो । उसले पनि दुई खेल जितिसकेको छ ।

शनिबार टस जितेर व्याटिङमा ओर्लेको सात विकेट बाँकी छँदै ओभर सकिँदा १२९ रन जोड्न सफल भयो । यसको लागि समीर अन्सारीले सर्वाधिक ५१ रन जोडे । उनले एक छक्का र नौ चौका प्रहार गरे । त्यस्तै आदित्य रौनियार र आदर्श अग्रवालले अविजित क्रमशः ३३ र २२ रनको योगदान दिए । आदित्यले पनि एक छक्का र दुई चौका हाने ।

बलिङतर्फ रोजबडका सम्राट लम्सालले दुई र आकाश महर्जनले एक विकेट लिए । दोस्रो पालीमा आएको रोजबडले २० ओभरमा नौ विकेटको क्षतिमा ९२ रनमात्रै जोड्न सक्यो । रोजबडको लागि शलिनराज सत्यालले १९ र दीव्यांशु बज्राचार्यले अविजित १३ रन बनाए ।

बलिङतर्फ डीएभीका प्रसिद्ध बज्राचार्यले तीन, उमंग महर्जन र आदित्य रौनियारले दुईदुई विकेट झारे । उक्त स्पर्धामा डीएभीका समीर अन्सारी म्यान अफ दी म्याच घोषित भए ।

त्यस्तै शनिबार नै भएको अर्को लिगमा जेम्स स्कुलले नेपाल प्रहरी स्कुललाई आठ रनले पाखा लगाएको छ । यो हारसम्म नेपाल प्रहरी स्कुल लिग चरणबाटै बाहिरिएको छ ।

टस जितेर व्याटिङमा ओर्लेको जेम्सले २० ओभरमा आठ विकेटको क्षतिमा ८० रन जोडेको थियो । उसको लागि अर्पण अधिकारीले अविजित २५ रन जोडे । आइस भट्टराईले ११ रनको योगदान दिए । बलिङतर्फ नेपाल प्रहरीका अस्मित शाह र रोजन पालले एकएक विकेट लिए ।

जवाफी व्याटिङमा ओर्लेको नेपाल प्रहरी १८.४ ओभरमा आलआउट हुँदै ७२ रनमा समेटिँदा नतिजा जेम्सको पक्षमा गएको हो । नेपाल प्रहरीको लागि आर्जन भट्टराईले १९ र आयुष दाहालले १२ रनको योगदान दिए । बलिङतर्फ जेम्सका आइस भट्टराई र आयुष उपाध्यायले दुईदुई विकेट लिए । उक्त खेलमा जेम्सका आइस भट्टराई म्यान अफ दी म्याच घोषित भए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.