होलेरी शान्ति र पर्यटनतर्फ

होलेरी शान्ति र पर्यटनतर्फ

(होलेरी) रोल्पा : दशवर्षे ‘जनयुद्ध’को पर्याय मानिएको रोल्पाको होलेरी अहिले पर्यटन र शान्ति प्रवद्र्धनको केन्द्र बन्दै गएको छ। होलेरीलाई आधार बनाएर रुन्टीगढी गाउँपालिकाले पर्यटकीय गन्तव्यको अवधारण अघि सारेको छ।

होलेरीलाई युद्ध, धार्मिक, पर्या–पर्यटन, योग र हिल स्टेसनका रूपमा विकास गर्ने गृहकार्य भएको गाउँपालिकाका पर्यटन फोकल पर्सन दीपक डीसीले बताए। ‘युद्ध पर्यटनलाई सघाउन २०५२ साल फागुन १ गते तत्कालीन माओवादीले पहिलो आक्रमण गरेको इलाका प्रहरी चौकीको भग्नावशेषमाथि शान्ति स्मारक निर्माण गरिएको छ’, उनले भने। सो आक्रमणमा विरगती प्राप्त गरेका प्रहरी र माओवादीका तर्फबाट मारिएकाको नामावली सहितको शान्ति स्तम्भ ठड्र्‍याईएको छ।

होलेरी आउने अध्येयता र आन्तरिक पर्यटकलाई तत्कालिन युद्धस्थलको अवलोकन र शान्तिको सन्देश दिने उद्देश्यले स्मारक बनाईएको गाउँपालिका अध्यक्ष बालाराम बुढामगर बताउँछन्। ‘करिब १० लाख लागतमा स्मारक निर्माण गरिएको छ। यसले विगतको युद्ध मात्रै स्मरण गराउँदैन, शान्तिको सन्देश पनि दिनेछ।’ होलेरीको पहिलो र दोस्रो आक्रमणका तत्कालिन कमान्डर एवं वर्तमान उर्जा मन्त्री वर्षमान पुनले स्मारक उद्घाटन गरे। ‘विगतमा युद्ध अपरिहार्य थियो, अब त्यो इतिहास भइसक्यो। अब देश समृद्धि र शान्तितर्पm अघि बढेको छ’, उनले भने।

पत्रकारले ल्याए होलेरीमा रौनक

शान्ति र पर्यटन प्रवद्र्धनकै लागि रुन्टीगढी गाउँपालिकाले ‘जनयुद्ध’ को सन्दर्भ पारेर वर्षेनी होलेरीमा राष्ट्रियस्तरको सम्मेलनको आयोजना गर्दै आएको छ। यसपटक पनि गत बिहीबार र शुक्रबार राष्ट्रिय मिडिया सम्मेलन गरियो। सो गाउँपालिका र नेपाल पत्रकार महासंघ रोल्पाको सहकार्यमा आयोजित सम्मेलनमा राष्ट्रियस्तरका सञ्चारमाध्यमका सम्पादकसहितका पत्रकार होलेरी आए।

एपीवान टेलिभिजनका समाचार सम्पादक टिकाराम यात्रीले उर्जामन्त्री पुनसँग ‘होलेरी आक्रमणको कथा’ सेसन नै चलाए। पुनले होलेरी आक्रमण गर्दा आफू २४ वर्षको रहेको स्मरण मात्रै गरेनन्, युद्धमा अनेक कठिनाइलाई चिर्दै बाँचेको अनुभूति समेत सुनाए। उनले भने, ‘अब विकास र समृद्धिसहित शान्तिको स्थापना गर्ने हो।’ संघीयता, समृद्धि र सञ्चार सम्पादक यात्री,

कान्तिपुरका पूर्व सम्पादक एवं लेखक नारायण वाग्ले, हिमाल खबर पत्रिकाका सम्पादक किरण नेपाल, नागरिक दैनिकका सम्पादक गुणराज लूईटेल, नेपाल लाईभ अनलाईनका सम्पादक नारायण अमृत, कान्तिपुर टिभीका सम्पादक प्रशान्त अर्याल र नेपाल पत्रकार महासंघ रोल्पाका संस्थापक सभापति काशीराम डाँगीले बहस गरे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.