नवलपुरको फलाम खानी उत्खनन सम्भाव्यता अध्ययन

नवलपुरको फलाम खानी उत्खनन सम्भाव्यता अध्ययन

काठमाडौं : नवलपुरको होप्से गाउँपालिकास्थित धौवादी फलाम खानी उत्खनन गर्न सम्भाव्यता अध्ययन सुरु भएको छ। फलाम खानी उत्खनन गर्न सरकारले धौवादी फलाम खानी लिमिटेड स्थापना गरी उत्खनन प्रक्रिया अघि बढाएको हो। सम्भाव्यता अध्ययनपश्चात नपलपुरमा फलाम खानी सञ्चालनमा ल्याउने सरकारको तयारी छ।

सरकारले धौवादी फलाम खानी लिमिटेड सञ्चालन गर्न बोर्ड तयार गरिसकेको छ। बोर्डमा उद्योग मन्त्रालयका सचिव, विभागका महानिर्देशक अर्थ मन्त्रालय, विद्युत् प्राधिकरण, सडक विभागलगायतको प्रतिनिधित्व छ। कम्पनीमा कर्मचारी व्यवस्थापन प्रक्रिया अन्तिम चरणमा पुगेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ। विभागका निर्देशक रामप्रसाद घिमिरेका अनुसार अब सम्भाव्यता अध्ययनको काम कम्पनीमार्फत हुनेछ। ‘सम्भाव्यता अध्ययन गर्न एक वर्षजति लाग्न सक्छ’, उनले भने, ‘अध्ययनपश्चात उत्खनन सुरु हुन्छ।’ कम्पनीले विज्ञ राखेर सम्भाव्यता अध्ययन गर्ने प्रक्रिया अघि बढाएको छ।

केन्द्र सरकार, प्रदेश र स्थानीय तहको गरी ५८ प्रतिशत र ४५ प्रतिशत निजी क्षेत्रको सहभागितामा कम्पनी स्थापना भएको हो। कम्पनी सञ्चालन गर्न प्रदेश र स्थानीय तह समेत उत्साहित देखिएका छन्। सरकारले यसै आर्थिक वर्षमा कम्पनी स्थापना गरेको हो। फलाम खानी सम्भाव्यता अध्ययन गर्न सरकारले चालु आर्थिक वर्ष ५ करोड बजेट विनियोजन गरेको छ। आउँदो वर्ष बजेट बढाउने सरकारको तयारी छ।

खानी तथा भूगर्भ विभागले खनिज अन्वेषणका क्रममा नवलपुरको होप्से गाउँपालिकामा फलाम खानी रहेको पत्ता लागाएको थियो। विस्तृत भौगर्भिक अध्ययन तथा सर्भे भइसकेको छ। विभागका सूचना अधिकारी कृष्णदेव झाले खानीको सम्भाव्यता अध्ययनको कार्यादेश तयार भइसकेको बताए। ‘खानी कति छ भन्ने यकिन छैन’, उनले भने, सम्भाव्यता अध्ययनपश्चात पत्ता लाग्नेछ।’ खानीको प्रत्यक्ष अवलोकन गरेर प्राविधिक विषय हेर्ने र तथ्यांक संकलन गर्ने काम भइरहेको उनको भनाइ छ।

विभागले सम्भाव्यता अध्ययनका साथै वातावरणीय अध्ययन र ड्रिलिङको काम गर्दै आएको छ। विभागले यसै आर्थिक वर्षभित्र ढुंगाको परीक्षण गरिसक्नेछ। फलामको औद्योगिक परीक्षण चीनमा भइरहेको छ। सूचना अधिकारी झाका अनुसार पछिल्लो समयमा चीनमा कोरोना भाइरसका कारण अध्ययन परीक्षण प्रभावित भए पनि अन्य प्रक्रिया अघि बढेको बताए। सम्भाव्यत अध्ययनकै क्रममा रहेकाले कति क्षमताको उद्योग तथा प्लान्ट बनाउने भन्ने यकिन भएको छैन।

अन्वेशषणका क्रममा भौगर्भिक रूपमा १० करोड टन फलामको धाउ रहेको पत्ता लागेको थियो। धाउलाई व्यावसायिक प्रयोजनमा प्रयोग गर्ने खालको फलाम भए÷नभएको परीक्षण भइरहेको विभागले जनाएको छ। प्रयोगशाला परीक्षणबाट फलाम बनाउन सकिने प्रमाणित भइसकेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.