आमचोक गाउँपालिकाका इन्जिनियर घुससहित पक्राउ
काठमाडौं : भोजपुरको आमचोक गाउँपालिकाका असिष्टेन्ट सव (इन्जिनियर करार) विष्णुकुमार राई ५ हजार घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई हायुखोला खानेपानी योजनाको बिल फरफारक गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग ५ हजार घुस लिँदालिदै पक्राउ गरेको हो ।
आमचोक गाउँपालिका वडा नं ७ हर्दिलाबाट नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता एवं सहसचिव प्रदीपकुमार कोइरालाले जानकारी दिए ।