लागुऔषधसहित सातजना पक्राउ

लागुऔषधसहित सातजना पक्राउ

रुकुम : रुकुम पश्चिम प्रहरीले ठूलो मात्रामा अवैध लागुऔषध चरेस तथा ट्याब्लेटसहित ७ जनालाई पक्राउ गरेको छ। जिल्लाका विभिन्न ठाउँबाट प्रहरीले लागुऔषध चरेस र ट्याब्लेटसहित ७ जनालाई पक्राउ गरेको जानकारी दिएको छ। 

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीकाअनुसार १४ किलो तीन ग्राम चरेससहित पाँचजना र लागुऔषध ट्याब्लेटसहित दुईजना पक्राउ परेका छन् ।

जिल्लाको आठविसकोट नगरपालिका १४ छेपारेबाट १३ किलो चरेससहित सोही नगरपालिका ११ का २८ वर्षीय बिमलकुमार शाही, बाँफिकोट गाउँपालिका ८ दुलीका २३ वर्षीय लक्ष्मण केसी र गाउँपालिका ५ काँडाका ३१ वर्षीय महेन्द्र केसी तथा सानीभेरी गाउँपालिका ४ गोलचौरका २८ वर्षीय बसन्त भन्ने बलबहादुर चन्द पक्राउ परेका हुन्।

यस्तै गत आइतबार जिल्लाको त्रिवेणी गाउँपालिका झुल्नेटाबाट एक किलो तीन सय ग्राम चरेससहित एकजनालाई पक्राउ गरेको डीएसपी केसीले जानकारी दिए ।

झुल्नेटाबाट रुकुम पूर्व पुथा उत्तरगंगा गाउँपालिका १० घुम्लिबाङका १९ वर्षीय सिलास बुढालाई पक्राउ गरेको उनले बताए । उक्त दिन सोही ठाउँबाट पाँच सय वटा लागुऔषध ट्याब्लेटसहित जिल्लाको मुसिकोट नगरपालिका ३ का विष्णु कसेरा र रुकुम पूर्व पुथा उत्तरगंगा गाउँपालिका १४ नाखाका १९ वर्षीय गायस पुनलाई पक्राउ गरिएको डीएसपी केसीले जानकारी दिए ।

जिल्लामा अवैध लागुऔषध नियन्त्रण गर्न प्रहरीले पछिल्लो सयम विशेष योजना बनाएर काम गर्दै आएको उनले बताए । जिल्लामा लागुऔषध कारोबार अत्याधिक हुने गरेकाले यसलाई न्युनिकरणका साथै कानुनी कारबाही गर्नका लागि प्रहरीले सक्रियता देखाएको छ ।

जिल्लाका साथै अन्य जिल्लामा समेत यहाँका व्यक्ति ठूलो मात्रामा लागुऔषध चरेस, अफिमलगायतका सामग्रीसहित पक्राउ पर्नुले पनि यहाँ उत्पादन तथा बारोबार बढ्दै गएको बुझिन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.