टाइम कार्डले मुस्ताङ जाने पर्यटकलाई सास्ती

टाइम कार्डले मुस्ताङ जाने पर्यटकलाई सास्ती

जोमसोम : उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी-जोमसोम-कोरला सडक आयोजनाका लागि लगाइएको पट्यारिलो टाइम कार्डले मुस्ताङ आउजाउ गर्ने पर्यटक मर्कामा परेका छन् ।शर्मा गजुरमुखि जेभीले म्याग्दीको तातोपानीदेखि मुस्ताङको लेते खण्ड र शर्मा युनाइटेडले म्याग्दीको घुमाउने तालदेखि बेग खोलासम्म दैनिक १० घण्टा सवारी रोकेर काम अघि बढाएको हो ।

बेनी-जोमसोम ७६ किमी सडकखण्डमा ४ प्याकेज छन् । जसमध्ये २ वटा प्याकेज शर्मा गजुरमुखिले म्याग्दीको तातोपानी देखि मुस्ताङको कोवाङसम्म, शर्मा युनाइटेडले म्याग्दी पहिलो प्याकेज राहुघाटदेखि तातोपानी खण्ड र सप्तकोशी जलाधार कन्ट्रक्सनले मुस्ताङको कोवाङदेखि जोमसोमसम्मको कामको जिम्मा लिएको हो ।

निर्माण कम्पनीले उक्त प्याकेजमा घासा रककटिङ ,वाल ,माटो फिलिङ र नाली निर्माण गरिरहेको इन्जिनियर अश्विनीकुमार यादवले बताए । हिउँद लागेसँगै निर्माण कम्पनीले ३ महिना अघिबाट दिनको २ पटक ८ घण्टा सडक बन्द गर्दै आएका हुन् । 

यस्तै, धवलागिरीका ४ स्थानीय प्रशासनको संयुक्त बैठकले म्याग्दीमा थप टाइमकार्ड लागू गरेको हो ।धार्मिक तथा पर्यटकीय जिल्लामा लगाइएको सडक टाइम कार्डले म्याग्दीहुँदै मुस्ताङ जाने पर्यटक यात्रा प्रभावित भएको हो । 

टाइम कार्डले पोखरा -काठमान्डौदेखि छुट्ने लामो दुरीका सवारी साधन तोकिएको समयमा पुग्न नसक्ने अवस्था सृजना भएको हो। मोरङका प्रल्लादकुमार चौहानसहित उनीसँग आएका सहकारीको टोली मुस्ताङको घासामा ४ घण्टा टाइमकार्डले रोकिन पुगे । छिटो गएर छिटै फर्कने उद्देश्यले मुक्तिनाथ गएका उनीहरुको यात्रा थप १ दिन लम्बिने भयो ।

चौहानले भने, 'विकासका लागि टाइम कार्ड लगाइ पनि यात्रुहरुको सुविधालाई पनि ध्यान दिनुपर्ने हो । ४ घण्टा बन्द बढी हो ।भएको र यसलाई यसले मुस्ताङको पर्यटनलाई असर पार्दछ ।'

यात्रुको सुविधालाई ध्यानमा राखेर टाइम कार्ड समायोजन गरियोस् भन्ने आफ्नो भनाइ रहेको उनले बताए।म्याग्दी र मुस्ताङ खण्डमा एकै समयमा १० घण्टा टाइम कार्डले बीचको ४ घण्टाको दुरी पार गर्न मुस्किल पर्ने सवारी चालक रञ्जित मगरले जानकारी दिए । उनले टाइमकार्ड छल्न यात्रुलाई भोकभाकै राखेर कुदाउनुपर्ने अवस्था छ।

कालिगण्डकी करिडोरको बेनी-जोमसोम सडकखण्ड २०७४ सालदेखि सुरु भएको हो ।सडकको गत मंसिरमा म्याद सकिएको छ । हाल सडकको ५० प्रतिशत काम भएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.