गोली प्रहार गरी एकजना पक्राउ

गोली प्रहार गरी एकजना पक्राउ

रौतहट : गोली प्रहार गरी मौलापुर ८ सोनरनियाका एकजना आरोपीलाई प्रहरीले रौतहटमा पक्राउ गरेको छ। तराई जनतान्त्रिक मुक्ती मोर्चाका ईन्चार्ज अभय सिंह भनिने कामेश्वर पटेल कुर्मीलाई कर्तव्यज्यान लगायतका दर्जनौँ अपराधमा संग्लन रही फरार रहेको आरोपमा पक्राउ गरिएको हो।

उनी मंगलबार राति ९ बजे रौतहट चन्द्रपुर नगरपालिका ४ स्थित धन्सारबाट जंगलसहिया जाने सडकमा पक्राउ परेका हुन्।

बारा जिल्लाको प्रहरी टोलीले रौतहट प्रहरीको सहयोगमा उनलाई पक्राउ गरेका हुन्।

इलाका प्रहरी कार्यालय डिएसपी हेमबहादुर शाही भन्छन्, 'प्रहरीलाई देख्ना साथ कुर्मीले फायर गर्न लागेका थिए। त्यसपछि प्रहरीले गोली प्रहार गरी कुर्मीलाई पक्राउ गरेको हो।' 
 
सयुक्त प्रहरी टोलीलाई देख्ना साथ फायर गर्न लागेको अवस्थामा प्रहरीले ४ राउण्ड जवाफी फायर गर्दा कुर्मीको बायाँ खुट्टामा दुई ठाउँमा गोली लागेको शाहीले बताए।

उनको चन्द्रपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। उनको साथबाट नलकटुवा पेस्तोल एक थान गोली ५ राउण्ड फेला परेको प्रहरीले जानकारी दियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.