शालिक भत्काउने प्रवृति गणतन्त्रका लागि घातक : थापा

शालिक भत्काउने प्रवृति गणतन्त्रका लागि घातक : थापा

हेटौंडा : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले निषेधको राजनीतिले प्रजातन्त्र बलियो नहुने बताएका छन्। बुधबार ७० औं प्रजातन्त्र दिवसको अवसरमा राप्रपा मकवानपुरले हेटौंडामा गरेको प्रवचन कार्यक्रममा उनले यस्तो बताएका हुन्।

उनले भने, ‘राजाको नामै सुन्न नसक्ने, शालिकसमेत भत्काउने प्रवृति गणतन्त्रकै निमित्त घातक हुनसक्छ।’ राजाहरुले गरेको योगदानको सम्मान गर्दा गणतन्त्र कमजोर नहुने थापाको भनाइ छ। २०६२/६३ को राजनीतिक परिवर्तनसँगै आर्थिक र सामाजिक परिवर्तन हुन नसकेको उनले बताए। ‘जनताले नयाँ व्यवस्थाको अनुभूति गर्न पाएका छैनन्’ थापाले भने, ‘देश विकास नभए यो परिवर्तन पनि धेरै दिन टिक्न सक्दैन।’ तर जुन व्यवस्था आए पनि प्रजातन्त्रको विकल्प नभएको थापाको भनाइ छ। ‘लोकतन्त्र, गणतन्त्र जे भने पनि त्यो प्रजातन्त्र नै हो। प्रजातन्त्रको विकल्प भनेको अझ राम्रो प्रजातन्त्र हो’, उनले थपे, ‘अब देशमा नेपाली संस्करणको मौलिक प्रजातन्त्र विकास हुनुपर्छ।’

नेपाली संस्करणको प्रजातन्त्र नभएकोले ७० वर्ष पुग्दा पनि प्रजातन्त्र संस्थागत हुन नसकेको उनको दाबी छ। ‘संविधान सबैलाई सर्बस्वीकार्य हुने बनाएर राजनीतिक दलका नेतृत्वहरुले जिम्मेवार ब्यक्तिको भूमिका निर्वाह गर्नसक्नुपर्छ’, थापाले भने। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.