प्रहरी अधिकृतको नक्कली प्रमाण-पत्र
काठमाडौं : प्रहरी कार्यालय ओखलढुङ्गाका तत्कालीन प्रहरी नायव निरीक्षक मुकुन्दप्रसाद उपाध्याय (ढकाल) को नक्कली प्रमाण-पत्र भएको तथ्य फेला परेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको अनुसन्धानमा ढकालले सेवा प्रदेश र बढुवामा पेश गरेको शैक्षिक प्रमाण-पत्र नक्कली रहेको पाइएको हो।
२०५१ सालमा बढुवाका लागि उनले नक्कली प्रमाण-पत्र पेश गरी २०५८ सालमा प्रहरी सहायक निरीक्षक र २०६३ माघ २९ मा प्रहरी नायब निरीक्षक पदमा बढुवा भएर सुविधा लिएको अख्तियारले जनाएको छ।
अख्तियारले ढकालविरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिम सजायको मागदाबीसहित विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।