बाल यौन दुर्व्यवहार : शिक्षकविरुद्ध छानबिन माग

बाल यौन दुर्व्यवहार : शिक्षकविरुद्ध छानबिन माग

ललितपुर : बाल यौन दुर्व्यवहार आरोपमा प्रहरी नियन्त्रणमा रहेका नारायण आधारभूत विद्यालयका शिक्षक नन्दप्रसाद निरौलाविरुद्ध छानबिन मागसहित जाहेरी परेको छ। आरोपितविरुद्ध जाहेरी नपरेका कारण प्रहरीले यस घटनाको अनुसन्धान अगाडि बढाउन सकेको थिएन। विद्यालयको निवेदन परेसँगै उनलाई थुनामै राख्न सहज भएको हो। शिक्षकका परिवारले जाहेरीबिना प्रहरीले कसैलाई पनि नियन्त्रणमा लिन नहुने दाबी गर्दै आएको थियो। वृत्तका प्रमुख मित्रबन्धु शर्माले एक सातासम्म जाहेरी नपर्दा कानुनी रूपमा अगाडि बढ्न समस्या भएको बताएका थिए। प्रधानाध्यापक सविता सिलवालले बुधबार वृत्तमा पुगेर उक्त घटना छानबिनको माग गरेकी छन्।

तर, प्रहरी बिहीबार मात्रै अदालतमा म्याद थप गर्न लैजाने तयारीमा छ। उनलाई प्रत्येक दिन १० बजे हाजिर हुन आउने र बेलुका छाडिदिने गरिँदै आएको थियो। अर्को निर्णय नहुन्जेलसम्म उनलाई बुधबारदेखि लागू हुनेगरी निलम्बन गरिएको विद्यालय व्यवस्थापन समितिले जनाएको छ।

महालक्ष्मी नगरपालिका-७ स्थित चाँगाथलीमा रहेको नारायण आधारभूत विद्यालयका विद्यार्थीले शिक्षक नन्दप्रसाद निरौलाविरुद्ध सामूहिक निवेदन दिएका थिए। उक्त विषयबारे प्रधानाध्यापक सिलवालले बैठक बोलाउनुपहिले मोबाइलबाट फोटो लिए पनि निवेदन हराइसकेको जानकारीमा आएको प्रहरीले बताएको छ।

‘यस्तो गम्भीर घटनामा पनि सातासम्म जाहेरी नपर्नु अचम्म हो’, आरोपित निरौलाका जेठान शंकर पोखरेलले भने, ‘जाहेरीबिना उहाँलाई किन नियन्त्रणमा लिइयो।’

विद्यालयमा भएको आर्थिक घोटालाको विषयमा निरौलाले प्रश्न उठाएपछि यो घटनाको प्रपञ्च रचिएको पोखरेलको दाबी छ। आर्थिक अनियमितताको विषय उठेपछि छानबिन समिति बनाइएको थियो। निरौला उक्त समितिमा थिए। घोटालाको विषयमा वडा कार्यालय र नगरपालिकामा समेत जानकारी गराएको उनी बताउँछन्। आर्थिक घोटालाको विषय बाहिर ल्याउनुभन्दा पहिले यौन दुर्व्यवहारको आरोप लगाएको उनको भनाइ छ। ०४० सालदेखि जागिर खाएका निरौलाले गत वर्ष अवकाश पाइसकेको उनी बताउँछन्। ‘नातिनीजस्तालाई कसरी त्यस्तो गर्नु !’ उनले भने, ‘उहाँको बानी-व्यवहार नराम्रो छैन, फसाइएको हो।’

विद्यालय व्यवस्थापन समितिले आर्थिक हिनामिनाको विषयमा प्रधानाध्यापकलाई पनि लिखित स्पष्टीकरण मागेको थियो। ‘लिखित जवाफ दिएको भोलिपल्ट यो घटना बाहिर आयो’, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामेश्वर कार्कीले भने, ‘तर अडिट फाइनल भएको छैन। अडिटरले छानबिन गर्लान्।’

महालक्ष्मी नगरपालिका शिक्षा शाखाका प्रमुख रामबन्धु सुवेदीका अनुसार यस विषयमा आधिकारिक जानकारी आएको छैन। उक्त विद्यालयको आर्थिक किचलो पहिलेदेखि रहँदै आएको उनले बताए। ‘दुई वर्षदेखि अडिट गराएको छैन। अनियमितता भएको गुनासोपछि विद्यालयको कागजात वडाले छानबिन गरिरहेको छ’, सुवेदीले भने’, यो विद्यालयलाई सुधार्ने अनेक प्रयास गर्‍यौँ तर सुध्रिएन।’ आर्थिक, व्यवस्थापनलगायत व्यक्तिगत रिसइबीका थुप्रै समस्या छन्। तर, बालयौन दुर्व्यवहारको विषयमा नगरपालिकामा कुनै जानकारी नभएको बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.