पाथीभरामा म्याराथन

पाथीभरामा म्याराथन

ताप्लेजुङ : ताप्लेजुङमा रहेका पर्यटकीय स्थलहरूको प्रचारका लागि आगामी फागुन १३ गते ‘पाथीभरा म्याराथन’ आयोजना हुने भएको छ। म्याराथनमा खुलातर्फ ५० र महिलातर्फ ४१ किलोमिटर दूरीको हुने जानकारी प्रतियोगिताका संयोजक योगेन्द्रकुमार गुरुङले दिए। मेची पर्यटन महोत्सवको अवसर पारेर म्याराथन आयोजना गर्न लागिएको हो।

खुलातर्फ पहिलो हुने धावकले एक लाख ५१ हजार, दोस्रोले एक लाख ११ हजार र तेस्रो हुनेले ५१ हजार रुपैयाँ पुरस्कार पाउनेछन्। महिलातर्फ पहिलो हुनेले ८१ हजार, दोस्रोले ५१ हजार र तेस्रो हुनेले ३१ हजार रुपैयाँ पुरस्कार पाउनेछन्। दुवै स्पर्धाका अन्य सात÷सात जनाले खेलाडीले पनि जनही पाँच हजार रुपैयाँ प्राप्त गर्नेछन्। पुरस्कारको प्रायोजन हिमालयन गाइड्स ट्रेक्स एन्ड एक्सपिडिसन ग्रुपका प्रबन्धक पर्यटन व्यवसायी ईश्वरी पौडेलले गरेका हुन्।

संयोजक गुरुङका अनुसार सदरमुकाम फुङ्लिङको तोक्मेडाँडाबाट सुरु हुने म्याराथन तीन हजार सात सय ९४ मिटर उचाइमा रहेको पाथीभरा पुगेर पुनः तोक्मेडाँडामा आएर सकिनेछ। ‘तोक्मेबाट बजार परिक्रमा गरी सुकेटार हुँदै काफ्लेपाटी, माथिल्लो फेदीबाट मन्दिरसम्म पुग्नु पर्नेछ। तोक्मेबाट सुकेटारसम्मको आठ किलोमिटर पक्की सडक छ। त्यहाँबाट काफ्ले पाटी १२ र काफ्लेपाटीबाट पाथीभरा मन्दिर साढे चार किलोमिटर दूरीमा रहेको छ’, गुरुङले भने। काफ्लेपाटीसम्म कच्ची सडक र त्यहाँबाट ढुंगा बिछ्याइएको उकालो बाटो छ।

हिउँदयाम भएकाले धावकले पाथीभरा क्षेत्रमा हिउँ छिचोल्दै दौडन पाउनेछन्। प्रतियोगितामा सहभागी हुन देशभरका धावकलाई आह्वान गरिएको जानकारी प्रचार विभाग प्रमुख खगेन्द्र अधिकारीले दिए। महिला धावकले भने काफ्लेपाटीसम्मको दूरी मात्रै पार गर्नु पर्नेछ। पाथीभरा म्याराथन यसअघि पनि पाँच पटक भइसकेको छ। यसअघि सहभागी धावकले यही दूरी चार घण्टा १२ मिनेटमा पार गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.