डडेलधुरा महोत्सव वर्षाले प्रभावित
डडेलधुरा : डडेलधुरा महोत्सव वर्षाले प्रभावित भएको छ। हावाहुरीसँगको वर्षाले स्टेज र महोत्सवस्थल बै भत्काएको छ।
प्रदेशस्तरीय कृषि, पर्यटन औद्योगिक व्यापार मेला एवं चौथो डडेलधुरा महोत्सव प्रभावित भएको हो। नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न आयोजना गरिएको महोत्सव बिहीबार रातिदेखिको लगातारको वर्षा र हावाहुरीले प्रभावित भएको हो।
हावाहुरीले महोत्सवस्थलमा बनाइएका स्टेज, स्टल, प्रवेशद्वार अस्त व्यस्त पारेको छ। महोत्सवको उद्घाटन सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहोराले उद्घाटन गरेका थिए।
‘सुखी नेपाली समृद्ध नेपाल स् कृषि पर्यटन उद्योग र व्यापार, समृद्धिको आधार’ भन्ने मूल नाराकासाथ बिहीबारदेखि सुरु भएको महोत्सव १८ गतेसम्म संचालन हुनेछ बताइएको थियो। मौसम आएको खराबीका कारण महोत्सव प्रभावित भएको र मौसम सुधार आएपछि महोत्सव संचालनमा आउने उद्योग वाणिज्य संघ डडेलधुराका अध्यक्ष लोकराज भट्टले बताए।
उनका अनुसार महोत्सवमा बनाइएका स्टेज, स्टल, प्रवेशद्वारमा सामान्य क्षति पुगेको छ। शुक्रबारका लागि तय भएका कलाकार जिल्लाका पुगिसकेका र भोली पर्सी आउने कलाकारलाई मौसम सुधार भएपछि मात्र बोलाइने अध्यक्ष भट्टको भनाइ छ।