प्रसूति केन्द्र सञ्चालन

प्रसूति केन्द्र सञ्चालन

मुगु : मुगु कार्मारोङ गाँउपालिका ५ पुलु बगरमा प्रसुति केन्द्र स्थापना भएको पाँच वर्षपछि सञ्चालनमा आएको छ। २०७१ मा स्थापना भएको प्रसुति केन्द्र पाँच वर्षपछि सञ्चालनमा आएको हो।

गाउँपालिकाको ५ र ६ नम्बर वडास्थित चारवटा गाउँका लागि प्रसुति केन्द्र स्थापना गरिएको थियो। पहिलोपटक बुधबार स्थानीय २२ वर्षीया सोनाम डोल्मा लामाले केन्द्रबाट प्रसुति सेवा लिएपछि औपचारिक रूपमा केन्द्र सञ्चालन भएको छ। केन्द्रमा दरबन्दी अनुसारका स्वास्थ्यकर्मी र आवश्यक औजार, उपकरणको व्यवस्था नहुँदा सेवा सुरु भएको थिएन। यसअघि प्रसुति केन्द्रमा तालिम प्राप्त जनशक्ति नहुँदा प्रसुति सेवा बन्द थियो।

रिउसबागरमा सामुदायिक अस्पताल प्रसुति केन्द्रभन्दा निकै टाढा हुँदा यहाँका स्थानीयलाई प्रसुति सेवा लिन सकस थियो। बगरमा प्रसुति केन्द्र पाँच वर्षपछि भए पनि सञ्चालन हुँदा स्थानीय लक्ष्मण लामाले खुसी व्यक्त गरे। एक महिनायता केन्द्रमा नर्स, अनमि र एचएको दरबन्दी कायम गरिएको छ। तर प्रसुति केद्रमा अझै आवश्यक सामग्री अपुग रहेको अनमि रुचि बुढथापाले बताइन्। उनले भनिन्, ‘प्रसुति केन्द्रमा २४सै घण्टै सेवा दिन थालेका छौं, तर आवश्यक औजार तथा उपकरणको कमी छ।’

सरकारले प्रसुति केन्द्रबाट सेवा लिने महिलालाई प्रोत्साहन भत्ता र बच्चालाई न्यानो कपडाको व्यवस्था गरेको छ। प्रसुति केन्द्रमा आवश्यक औषधि, उपकरणको व्यवस्था गरिने मुगुम कार्मारोङका अध्यक्ष छिरिङ क्याप्ने लामाले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.