खप्तड गोल्डकप : एनआरटीलाई हराउँदै एपिएफ विजयी

खप्तड गोल्डकप : एनआरटीलाई हराउँदै एपिएफ विजयी

धनगढी : जारी नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकपमा एपिएफले एनआरटी क्लबलाई पराजित गरेको छ। शनिबार धनगढीस्थित क्षेत्रीय रङ्गशालामा भएको खेलमा ए-डिभिजन टीम एनआरटीलाई २-१ अन्तरले हराउँदै एपिएफ विजयी भएको हो।

एपिएफको जितमा दोस्रो हाफको ६१ औं मिनेटमा रमेश डङ्गाल र ६७ औं मिनेटमा विकु तामाङले गोल गरे। एनआरटीको लागि दर्शन गुरुङले सान्त्वना गोल गरे। खेलमा म्यान अफ द म्याचको उपाधि डङ्गालको पोल्टामा गयो। उनले नगद १० हजार रुपैयाँ पुरस्कार हात पारे। नेपाल आईस सुदूरपश्चिम अन्तराष्ट्रिय आमन्त्रण खप्तड गोल्डकपको चौथो संस्करण अन्तर्गत भएको खेलमा साविक उपविजेता विभागीय टीम एपिएफ विजयी भएको छ। सुदूरपश्चिम-११ स्पोर्टस क्लबको आयोजनामा भइरहेको सर्वाधिक धनराशिको गोल्डकपको दोस्रो दिन भएको खेलमा न्युरोड टिम एनआरटीलाई पराजित गर्दै एपिएफ अन्तिम आठमा पुगेको हो। खेलमा सुरुवाती अग्रता भने एनआरटीले लिएको थियो।

अब एपिएफले सेमिफाइनल प्रवेशका लागि नेपाल पुलिस क्लबको सामना गर्नेछ।  यसअघि सहिद स्मारक ए डिभिजन लिगमा एनआरटीसँग ३-२ को हार व्यहोरेको एपिएफले त्यसको बदलासमेत लिएको छ। प्रतियोगिता अन्तर्गत आइतबार नव जन जागृती क्लब सिमरा र मदन भण्डारी स्पोर्ट्स एकेडेमी भिड्नेछन्। प्रतियोगिताको विजेतालाई २१ लाख १ रुपैँया तथा उपविजेतालाई १० लाख १ रुपैँया, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.