हिउँको घुम्टो ओढेको ढुम्बा ताल
जोमसोम : शुक्रबार मुस्ताङमा हिउँ पर्यो । मुस्ताङका खर्क र डाडाँकाँडा सबै हिउँले सेताम्मे फुले । सदरमुकाम जोमसोमदेखि पश्चिम निलगिरी हिमालको काखैमा रहेको ढुम्बा ताललाई पनि हिउँले बेहुलीको घुम्टोलेझैँ छपक्कै छोप्यो ।
शुक्रबार परेको हिउँले शनिबार पनि ताललाई छोप्यो । यही जमिनको सतहमा थुप्रिएको हिउँको आवरणले ढुम्बा तालको सौन्दर्यतालाई थप मनमोहक बनाई दियो । ताल हेर्न र फोटो खिच्न आन्तरिक पर्यटक शनिबार झुम्मिए ।
दुई सय मिटर औसत लम्बाई रहेको ढुम्बा ताल पौराणिक तथा ऐतिहासिक कथाका कारण पनि महत्वपूर्ण छ । सेताम्मे हिउँको घेराभित्र छाएको आकृतिले तालको सुन्दरतालाई झन लोभलाग्दो बनाएको छ ।