बाँस्कोटा अडियो प्रकरणमाथि सरकारले छानविन गर्छ : गृहमन्त्री थापा

बाँस्कोटा अडियो प्रकरणमाथि सरकारले छानविन गर्छ : गृहमन्त्री थापा

हेटौंडा : गृहमन्त्री रामबहादुर थापा 'बादल' ले निवर्तमान सञ्‍चारमन्त्री गोकुल बाँस्कोटासँग जोडिएको अडियो प्रकरणमाथि सरकारले छानविन गर्ने बताएका छन् ।  आइतबार बिहान हेटौंडामा बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, 'सुरक्षा प्रेससँग जोडिएको प्रकरणमा सञ्चारमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिइसक्नुभएको छ । यो प्रकरणको सरकारले छनविन गरेर समाधान गर्छ।'

सरकार र सदनमा बहसको विषय रहेको एससीसीबारे भने सत्तारुढ दल नेकपाले निर्माण गरेको कार्यदलले दिएको सुझावको आधारमा निर्णय लिइने गृहमन्त्री थापाले बताए । 'भर्खरै कार्यदलले प्रतिवेदन दिएको छ, सोही आधारमा यसलाई टुङ्गो लगाउने सोचेका छौं,' उनले भने । 

भारतसँगै सीमा जोडिएको कालापानी क्षेत्रको सन्दर्भमा भारतले प्रकाशित गरेको नक्साबारे सरकारले कुटनीतिक ढंगले समस्या सामाधान गर्ने थापाले बताए । 'छिट्टै नै भारतसँग उच्च तहमा वार्ता गरेर समस्या समाधानको तयारीमा सरकार लागेको छ,' उनले भने । अन्तराष्ट्रिय तथ्यांकले सुरक्षा स्थिति पहिलेको भन्दा सुधार भएको देखाएको थापाकाको दावी छ ।

साथै समृद्धि र विकासका लागि सरकारले धेरै राम्रा काम थालेको बताउँदै गत वर्ष ७ दशमलव १ प्रतिशत आर्थिक वृद्धि भएकाले देश विकासको गतिमा रहेको उनले बताए । '७ प्रतिशत भन्दामाथि आर्थिक विकास भएको देश संसारमा कमै मात्र रहेको छ,' उनले भने, 'यो वर्षलाई विकासको प्रारम्भ वर्ष मानेका छौं, ८ प्रतिशत आर्थिक वृद्धिदर पुर्‍याउने लक्ष्य लिइएको छ ।'

गृहमन्त्री थापाले वर्तमान सरकारको २ वर्षको आर्थिक समीक्षा गर्दा पहिलेको भन्दा आयात घटेको र निर्यात बढेको बताए । तर कोरोना भइरसका कारण विकासको काममा केही समस्या देखिएको उनको भनाई छ ।

कार्यक्रमा सहभागी गृहमन्त्री रामबहादुर थापालगायत । तस्बिर : कृष्णसारु मगर

साथै विकास र समृद्धिमा पर्यटले महत्वपूर्ण भूमिका खेल्ने थापाले बताए । 'युरोपका विकसित देशमा पनि समृद्धिका लागि पर्यटन महत्वपूर्ण आधारको रुपमा लिइएको छ, उनले भने,  'भ्रमण वर्ष २०२० लाई सफल बनाउन सके समृद्धिको महत्वपूर्ण आधार तय हुनेछ ।'

आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेलको अध्यक्षतामा भइरहेको गोष्ठीमा गृहमन्त्री रामबहादुर थापा 'बादल'का सल्लाहकार सूर्य सुवेदी, प्रा.डा इन्द्रजित राई, नेपाल प्रहरीका महानिरीक्षक ठाकुरप्रसाद ज्ञवाली, सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल, नेपाली सेनाका युद्ध कार्यका महानिर्देशक उपरथी राजेन्द्र कार्कीलगायतको सहभागिता छ । 

सुरक्षा गोष्ठीमा बागमती प्रदेशका १३ जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका जिल्ला प्रमुखको सहभागिता रहेको छ ।शनिबारदेखि सुरु भएको गोष्ठी आइतबार १३ जिल्लाकै सुरक्षा अधिकारीले जिल्लागत अवस्थाबारे जानकारी दिएपछि गोष्ठी सकिनेछ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.