दोस्रो रामेछाप महोत्सव जारी

दोस्रो रामेछाप महोत्सव जारी

काठमाडौं : मन्थलीमा जारी दोस्रो रामेछाप कृषि, पर्यटन, सांस्कृतिक तथा औद्योगिक व्यापार महोत्सव करिब १२ हजार ५०० जनाले अवलोकन गरेका छन् । नेपाल भ्रमण वर्ष २०२० र जिल्लाको व्यापार, व्यवसायलाई लक्षित गरी आयोजना गरिएको महोत्सवमा अवलोकन गर्न आउनेको संख्या बढिरहेको रामेछाप उद्योग वाणिज्य संघका सचिव सुरेश उदासले जानकारी दिए।

‘कृषि, पर्यटन प्रवर्द्धन गर्ने हाम्रो सान, कला संस्कृतिको जगेर्ना रामेछापको पहिचान, भ्रमण वर्ष २०२० सफल पार्ने हाम्रो अभियान’भन्ने मूल नाराका साथ फागुन ६ गतेदेखि सुरु भएको महोत्सव १५ गतेसम्म चल्ने रामेछाप उद्योग वाणिज्य संघले जनाएको छ।

महोत्सवले आन्तरिक र बाह्य पर्यटकलाई रामेछापमा भित्र्याउनुका साथै जिल्लाभित्रका विभिन्न कृषि उपज, साना उद्योगीद्धारा उत्पादित वस्तु प्रदर्शनमा सहयोग पुगेको रामेछाप उद्योग वाणिज्य संघका सचिव उदासले बताए।महोत्सवको मुख्य आकर्षणको रुपमा हस्तकलाका सामग्री प्रदर्शन,शैलुङ क्षेत्रको पर्यटन प्रबर्द्धन गर्न हेलिकप्टरबाट मन्थली-शैलुङ उडान, स्थानीय तथा राष्ट्रिय कलाकारबाट बृहत सांस्कृतिक कार्यक्रम रहेको कार्यक्रम संयोजक एवंम् सामाजिक सशक्तिकरण नेपालका अध्यक्ष सोनुकुमार रोकाले जानकारी दिए। ७५ वटा स्टलमा रामेेछापमा उत्पादन भएका विभिन्न सामग्री राखिएको उनले बताए।

महोत्सवकै अवसरमा पर्यटकीय क्षेत्रको विकास र प्रर्बद्धनका लागि तामाकोशी नदीमा र्‍याफ्टीङले सुरु गरिएको छ। किङ्ग स्टार क्रियसन प्राइभेट लिमिटेडले हलेदेदेखि एयरपोर्टसम्म करिब १२ किलोमिटर र्‍याफ्टीङ संचालन गरेको हो।

महोत्सवले पर्यटन आर्थिक विकासमा टेवा पुर्‍याएको व्यवसायीहरुले बताएका छन‍्। रामेछाप उद्योग वाणिज्य संघको आयोजनामा भएको महोत्सवमा मन्थली नगरपालिका मुख्य प्रायोजक र सामाजिक सशक्तिकरण नेपाल सह-आयोजक रहेको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.