कन्याम सिँगार्ने संघाइ समूहको तयारी

कन्याम सिँगार्ने संघाइ समूहको तयारी

इलाम : मेची राजमार्गको कन्याममा पर्यटकको चाप बढेसँगै मदिरालगायत बढेपछि सडक किनारका चिया बगानमा मादक पदार्थका फुटेका बोतलहरु देखिन्छन्। पिकनिक पछि पर्यटकहरुले प्लाष्टिक, शिशा र रहेको खाद्यान्न चिया वगानमै छोड्ने, दिसापिसाप समेत वगानमै गर्ने गरेकाले फोहोरको समस्या बढ्दै गएकोे छ।

स्थानीय सरकारसंग अनुरोध गर्दापनि फोहोर व्यवस्थापनमा चासो नदेखाएपछि व्यवसायी घराना संघाई समुहले कन्याम क्षेत्रको चिया वगानमा व्यवस्थीत बनभोज क्षेत्र, टुरीष्ट गाईड, काउन्टर निर्माणको योजना अघि सारेको छ।

बगानको म्यानेजर आइ के सिंहले वगानमा रहेका खालीठाउँहरु उपयोग गरेर अहिलेको अस्तव्यस्त कन्यामलाई सुधार्ने योजना बनाएको बताए। उनले व्यवस्थापनले कार्यक्रमको खाका तयार पारिसकेकाले स्थानीय सरकारसंग समेत सहकार्य गरेर कामगर्ने बताए। अहिले कन्याममा आउने मध्ये २० प्रतिशत मात्र पर्यटक रहेको भन्दै उनले व्यवस्थीत रिसोर्ट, पार्क, निशुल्क चिया टेस्टीङ स्थल, चिया वगानमा पैदय यात्राको व्यवस्था लगायतका योजना बनाएको उनले बताए।

कन्याम क्षेत्रलाई व्यवस्थीत गर्न स्थानीय सरकारले गरेका प्रयास प्रायः विफल भएपछि त्यसको मार वगानले भोग्नु परिरहेको व्यवस्थापनले जनाएको छ। फोहोरका कारण किसान घाइते र विरामी हुने सृखलानै चलेको मजदुर नाईके नर्वधा निरौलाले बताइन्। गतबर्ष मजदुर हेम बहादुर कटुवालको कन्याम चिया वगानमा काम गर्दा गर्दै खुट्टा काट्यो। अर्का मजदुर नेत्र दर्जीको खुट्टमा पनि चोट लाग्यो। दुबैलाई वगान व्यवस्थापनले उपचार गर्यो। दैनिक सयौ आन्तरिक पर्यटक भेलाहुने कन्याममा फोहोरको व्यवस्थापन नहुँदा दैनिक जस्तै यस्ता दुर्घटना हुने गरेको श्रमिकहरु वताउँछन्।

वगानमा फालेका शिशाले श्रािकहरुलाई सडक छेउको वगान क्षेत्रमा प्रवेशमै समस्या भएको मजुदर नर्वदा निरौलाले बताइन्। स्थानीय सरकारले कन्यामबाट रकम असुल गरेपनि फोहोर व्यवस्थापनमा काम नगरेको उनको आरोप छ।

संघाइ समुहले ५० बर्षकालागि ठेक्कामा लिएको कन्याम चिया वगानका लेखापाल विरधन तामाङले स्थानीय सरकारलाई पटक पटक फोहोर व्यवस्थापनमा काम गर्न अनुरोध गर्दापनि काम नगरेको बताए। फोहोरका कारण वगानको २५ हेक्टर क्षेत्र प्रभावित भएको तामाङको भनाई छ।

‘चियाका बुट्टामा वियरका वोतल, भुईमा दिसा पिसावको थुप्रो जताततै छ।’ हर्कटे देखि पाल्टांगे सम्म सडकको दायाँबायाँ फैलीएको फोहोरले मजदुरको स्वास्थमा प्रत्यक्ष असर देखिएको निरौलाले बताइन्।

कन्याम चिया वगानका अर्का मजदुर रमेश खड्काले वगानको सडक क्षेत्रको फोहोर स्थानीय सरकारले नहटाए सडकमा ल्याएर प्रर्दन गर्ने बताए। उनले भने ‘नगरपालिकाले हरेक कृयाकलापमा हस्तक्षेप गरेपनि सरसफाईका लागि कुनै काम गरेको छैन।’ उनका अनुसार मजदुरले मजदुरले दिसा, पिसाव र काँचका फोहोरसंग जुधेर काम गर्ने अवस्था छ।

साप्ताहिक रुपमा फोहोर उठाउँदा पनि एक ट्रक भन्दा बढि फोहोर संकलनहुने गरेको कन्याममा फोहोरका कारण सडक क्षेत्रको चिया वगानमा काम गर्न नै नसक्ने अवस्था आएको लेखापाल विरधन तामाङले बताए।

इलाममा आउनु पर्यटक मध्ये अधिकासंको पहिलो गन्तव्य कन्याम बन्ने गरेको पर्यटन सूचना केन्द्रका सुचना अधिकृत गगन घिमिरे बताउँछन्। कन्याममा ट्रलीमा व्यपार गर्ने साना व्यवसायी तथा सम्बद्ध श्रमिक संघ सूर्योदयका नगर अध्यक्ष लेखराज निरौलाले वगान व्यवस्थापनले नया र दिगो योजना अघि सारेको बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.