बागमती गोल्ड कपको उपाधि जाउलाखेल युथ क्लबलाई

बागमती गोल्ड कपको उपाधि जाउलाखेल युथ क्लबलाई

मकवानपुर : तेस्रो बागमती गोल्ड कप फुटबलको उपाधि जाउलाखेल युथ क्लबले जितेको छ। मकवानपुरको बागमती गाउँपालिकास्थित जनता उच्च माविको खेलमैदानमा आइतबार भएको फाइनल खेलमा जाउलाखेलले हिमालयन शेर्पा क्लबलाई १–० गोलले हरायो।

जाउलाखेलको जितमा ड्याडी जुनियरले निर्णायक गोल गरे। ड्याडीले ४९औं मिनेटमा गरेको गोल नै जाउलाखेलको उपाधिमा पर्याप्त बन्यो। दोस्रो हाफमा दुवै टोलीले गोल गर्ने राम्रा अवसर बनाएका थिए। जाउलाखेललाई राम्रो टक्कर दिए पनि शेर्पाले गोल फर्काउन सकेन। जाउलाखेलका कप्तान वीरेन्द्र लोप्चन फाइनल खेलको म्यान अफ दी म्याच भए। उनले पाँच हजार रुपैयाँ पुरस्कार पाए। उपाधिसँगै जाउलाखेलले ६ लाख रुपैयाँ पुरस्कार पायो।

उपविजेता शेर्पाले तीन लाख रुपैयाँ प्राप्त गर्‍यो। सर्वोत्कृष्ट खेलाडीको उपाधि जाउलाखेलका विदेशी यडामा डुम्बियाले जिते। उनले ५० हजार रुपैयाँ पाए। उत्कृष्ट गोलरक्षक जाउलाखेलका अरुण ब्लोन, मिड फिल्डर जाउलाखेलका सुरज ठकुरी, स्ट्राइकर जाउलाखेलका सुजित बुढाथोकी, रक्षकमा शेर्पाका मानबहादुर तामाङ र प्रशिक्षकमा किशोर केसी चुनिए।

उत्कृष्ट सबैले जनही १० हजार रुपैयाँ पुरस्कार पाए। विजेतालाई बागमती प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी, बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानलगायतले पुरस्कार वितरण गरे।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.