खप्तड गोल्डकप : नवजागृति क्वार्टरफाइनलमा

खप्तड गोल्डकप : नवजागृति क्वार्टरफाइनलमा

धनगढी : नव जनजागृति युवा क्लब सुदूरपश्चिम अन्तर्राष्ट्रिय आमन्त्रण खप्तड गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। सुदूरपश्चिम– ११ स्पोर्ट्स क्लबको आयोजनामा भइरहेको प्रतियोगिताअन्तर्गत आइतबार भएको खेलमा नवजागृति युवा क्लबले मदन भण्डारी स्पोर्ट्स एकेडेमीलाई ४–० को फराकिलो अन्तरले पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको हो।

जनजागृतिको जितमा विवेक चौधरीले ह्याट्रिक गरे। यस्तै सागर चौधरीले एक गोल थपे। पहिलो हाफमा गोलरहित बराबरी खेलेको नवजागृतिले दोस्रो हाफमा भने लगातार गोल गरेको थियो। खेलको ५२औं मिनेटमा सागरले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। मदन भण्डारी स्पोर्ट्स एकेडेमीका गोलरक्षक विशाल सुनुवार अगाडि बढेको फाइदा उठाउँदै सागरले गोल गरेका थिए। खेलको ५९औं मिनेटमा विवेकले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए।

खेलको ७२औं मिनेटमा विवेकले व्यक्तिगत दोस्रो गोल गर्दै जनजागृतिलाई ३–० को अग्रता दिलाए। त्यसपछि खेलको ८०औं मिनेटमा पेनाल्टीमा गोल गर्दै विवेकले ह्याट्रिक पूरा गरे। मदन भण्डारी स्पोर्ट्स एकेडेमीका गोलरक्षक विशाल सुनुवारले फल गरेपछि प्राप्त पेनाल्टीलाई विवेकले सदुपयोग गर्दै ह्याट्रिक पूरा गरेका थिए।

मदन भण्डारी स्पोर्ट्स एकेडेमीले भने पहिलो हाफमा पाएको पेनाल्टीमा गोल गर्न सकेन। खेलको ३५औं मिनेटमा जनजागृतिका मनोज चौधरीले विवेक पुनलाई लडाएपछि पाएको पेनाल्टीमा मदन भण्डारीका कप्तान असीम गुरुङ गोल गर्न चुकेका थिए। प्रतियोगितामा पहिलो ह्याट्रिक गरेका जनजागृतिका विवेक चौधरी खेलको म्यान अफ दी म्याच चुनिए। उनले नगद १० हजार प्राप्त गरे।

सेमिफाइनल प्रवेशका लागि जनजागृतिले थ्रीस्टार क्लबको सामना गर्नेछ। थ्रीस्टारले पहिलो चरणमा वाई पाएको छ। प्रतियोगिताको अन्तिम क्वार्टरफाइनलमा मंगलबार गोर्खा ब्वाइज रूपन्देही र सुनौलो संगम वुटबलबीच प्रतिस्पर्धा हुने आयोजक सुदूरपश्चिम– ११ स्पोर्ट्स क्लबका अध्यक्ष सुरेश हमालले जानकारी दिए।

प्रतियोगिताका विजेताले २१ लाख र उपविजेताले १० लाख पुरस्कार पाउनेछन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.