स्वास्थ्य बिग्रिएपछि अनसनरत पौडेल अस्पताल भर्ना

स्वास्थ्य बिग्रिएपछि अनसनरत पौडेल अस्पताल भर्ना

चितवन : भरतपुर राष्ट्रिय निकुञ्ज ऐन २०२९ लाई जनपक्षीय बनाउनुपर्ने माग राख्दै आमरण अनसन बेसेका माडीका वडाध्यक्ष कृष्णप्रसाद पौडेलको स्वास्थ्य अवस्था गम्भीर भएको छ । ६ दिनदेखि अनसन बसेका पौडेलको शरीरमा अक्सिजनको मात्रा कमी भएको छ । स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि उनलाई सोमबार बिहान माडीबाट भरतपुर अस्पताल ल्याइएको छ ।

भरतपुर अस्पतालको आइसीयुमा उनको उपचार भइरहेको छ । पौडेलको रक्तचाप , मुटुको धड्कन तलमाथी भइहरहेको चिकित्सकले बताएका छन् ।

रगतमा अक्सिजनको कमी, शरीरमा नुन, ग्लुकोज, भिटामिन र पानीको कमी र पिसाबमा किटो- फोहोरको मात्रा दिनहुँ बढेको भरतपुर अस्पतालका फिजिसियन डा. प्रमोद पौडेलले बताए । 'अवस्था अत्यन्तै जटिल भएकोले अस्पताल भर्ना हुन सुझाव दिदाँ उहाँ मान्नु भएन,' डा पौडेलले भने,' मुटुको धड्कन , रक्तचाप र अक्सिन र श्वासप्रश्वास हेर्न निगरानीको लागी कर्डियाक मानिटरिङमा राख्नुपर्ने अवस्था आएको छ।'

चितवन राष्ट्रिय निकुञ्जभित्र रहेको माडीको विकासका लागि बाधक भएको भन्दै निकुञ्ज ऐनको संसोधनको माग राखेका छन् । सातवटा माग राखेर माडी नगरपालिका १ का वडाध्यक्ष पौडेलले पाँच दिनदेखि अनशन बसेका छन्।

तर पटकपटक अनशन बस्ने चेतावनी दिएका नगर प्रमुख ठाकुर ढकाल भने बसेनन् । गत वर्ष माघ १६ गते अनसन बस्ने घोषणा गरेका ढकालले प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' लाई भेट गरी माग सुनवाई हुने आश्वासन पाएपछि अनसन स्थगित गरेका थिए।

राष्ट्रिय निकुञ्ज सम्बन्धी ऐन २०२९ लाई विनियम संसोधन गर्न बनेको पाँचौ संसोधन नियमावली समेत जनपक्षीय नभएकाले पुन संसोधन गर्नुपर्ने, निकुञ्जबाट बढी प्रभावित बस्ती बाँदरझुला, अमिलियाको उचित व्यवस्थापन हुनुपर्ने, लागत तथा उत्पादनको आधारमा बालीको क्षतीपूर्तिको व्यवस्था हुनुपर्ने लगायतका माग राखेका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.