महोत्सवमा दर्शक तताउँदै कलाकार
डडेल्धुरा : नेपाल भ्रमण वर्ष २०२० सफल पार्न डडेल्धुरामा सुदूरपश्चिम प्रदेशस्तरीय कृषि, पर्यटन औद्योगिक व्यापार मेला एवं चौथो डडेल्धुरा महोत्सव जारी छ। महोत्सवमा दिन प्रतिदिन दर्शकको ओइरो लाग्न थालेको छ।प्रत्येक दिनमा विभिन्न कलाकारहरुको प्रस्तुतिले महोत्सवलाई थप आकर्षक बनाएको छ।
'सुखी नेपाली समृद्ध नेपाल कृषि पर्यटन उद्योग र व्यापार, समृद्धिको आधार' भन्ने मूल नाराका साथ सुरु भएको महोत्सव आज चौथो दिनमा पनि विभिन्न कलाकारले प्रस्तुति दिएका छन्। भ्रमण वर्षलाई सफल पार्न आयोजना गरिएको महोत्सव बिहीबार रातीदेखिको वर्षा र हावाहुरीले शुक्रबारसम्म प्रभावित भएको थियो। शनिबार बिहानैदेखि मौसममा सुधार आएको छ।
डडेल्धुरा उद्योग वाणिज्य संघ डडेल्धुराको यहाँका ऐतिहासिक पुरातात्विक सांस्कृतिक धार्मिक एवं पर्यटकीय स्थलको प्रवर्द्धन गर्न महोत्सवको आयोजना गरको सयोजक लोकराज भट्टले बताए ।
शनिबार चर्चित लोकदोहरी गायिकका पूर्णकला विसी र मोडेल रोजी कुँवरले आफ्नो प्रस्तुति दिएका थिए भने आइतबार पनि दर्शकको उल्लेखीय सहभागिताका बीच कलाकारले आफ्नो प्रस्तुति देखाएका थिए।
महोत्सवमा कृषि उपज, मह, जडीबुटी, हस्तकला, अल्लोका सामग्री, अलैंची, अदुवा, मसला, फर्निचर, अटोमोबाइल, गार्मेन्ट, इलेक्ट्रोनिक, होटल, सूचना प्रविधि तथा बाल उद्यानसहितका स्टल रहेका संघका अध्यक्ष लोकराज भट्टले जानकारी दिए।