नेपाल ट्रष्टको सम्पत्ति कति ? सरकारले जारी गर्‍यो श्वेतपत्र

नेपाल ट्रष्टको सम्पत्ति कति ? सरकारले जारी गर्‍यो श्वेतपत्र

काठमाडौं : सरकारले  नेपाल ट्रस्टको नाममा रहेको चल अचल सम्पत्ति विवरण सार्वजनिक गरेको छ। 

स्वेतपत्र मार्फत सञ्चालक समिति अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले ट्रस्टको नाम रहेका सम्पत्ति सार्वजनिक गरेका हुन्।

देशभरका १२ जिल्लामा ट्रस्टको नाममा २१ हजार ५६२ रोपनी ४ आना २ पैसा १ दाम जग्गा रहेको छ। चल सम्पत्ति तर्फ नेपाली रुपैयाँ ७८ करोड ९  लाख ७७ हजार ७९३ रहेको छ। त्यस्तै १ लाख ४८ हजार ५८१ अमेरिकी डलर, ५० हजार १२४ पाउन्ड स्टिर्लिङ रकम बैंकमा मौजात छ। 

नबिल बैंकमा ५ लाख ३३ हजार २४४ कित्ता, होटल डेला अन्नपूर्णमा ३० हजार ७२० कित्ता, नेपाल औद्योगिक विकास निगममा ६ हजार ७५० सेयर ट्रस्टको स्वामित्वमा रहेको छ। 
 
ट्रस्टको ६ वटा कम्पनीलाई आफ्नो जग्गा लिजमा दिएको छ। गोकर्णस्थीत गोकर्ण फरेस्ट रिसोर्ट, कमलानीस्थीत काठमाडौं प्लाजाको भवन, लाजिम्पाटस्थीत स्ट्यान्डर्ड चार्टर्ड बैक नेपाल लिमिटेड रहेका भवन, टेकुस्थीत बिजनेस पार्क,दरबारमार्गस्थीत कम्प्लेक्स, ताहाचलस्थीत सोल्टी आउटर कम्प्लेक्स,  कालिमाटी  लिजमा दिइएको छ। 

२०६४ सालबाट राजा वीरेन्द्र र उनका परिवारका नाममा रहेका सम्पत्ति नेपाल ट्रष्टको नाम ल्याइएको थियो। 

अझै पनि ट्रस्टको सम्पत्तिको खोजी कार्य जारी रहेको अध्यक्ष पोखरेलले बताए। उनले शिक्षा, स्वास्थ्य र पर्यटन क्षेत्रमा लगानी गर्ने दिशामा ट्रस्ट अगाडि बढिरहेको बताए।  

‘ट्रस्टको सम्पत्ति दान पुन्यको लागि मात्र होइन’
ट्रस्टका अध्यक्ष पोखरेलले ट्रस्टको सम्पत्ति दानपुन्यको लागि मात्र नभएको बताए। उनले पर्यटकीय विकासको लागि ट्रस्टको सम्पत्ति उपयोग गरिने बताए। 

‘होमस्टे बनाउने, विद्यार्थीलाई छात्रवृति लगायतका सेवा दिन  सञ्चालक समिलिे प्रक्रिया अघि बढाएको छ,’ उनले भने। उनले ट्रस्ट सम्पत्ति पारदर्शी गरिने समेत बताए।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.