विद्यालय खुले, पुगेन किताब

विद्यालय खुले,  पुगेन  किताब

बेसीशहर : हिमाली जिल्ला मनाङमा फागुन १ गतेदेखि नयाँ शैक्षिक सत्र सुरु भएको छ। तल्लो क्षेत्रमा रहेका नासो र चामे गाउँपालिकामा रहेका विद्यालयमा पढाइसमेत सुरु भइसकेको छ। पाठ्युपस्तक भने अझै पुगेका छैनन्। 

केही विद्यार्थीले पुराना पुस्तकबाट काम चलाएका छन् । पुस्तक नहुनेहरु शिक्षकबाट सुनेको भरमा पढिरहेका छन् । तर, पाठ्क्रम फेरिएका कक्षाका विद्यार्थी भने अन्योलमा छन् । 

नासो ५ थोचेस्थित प्रकाशज्योति माविका प्रधानाध्यापक पद्मराज पन्थीले पुस्तक नआउँदा समस्या भएको बताए। कक्षा १, ९ र १० का विद्यार्थीलाई समस्या भएको उनले बताए । अन्य कक्षामा भने पुराना पुस्तकको भरमा पठनपाठन चलिरहको छ । 

मनाङका चारवटा पालिका छन् । यी चारै पालिकामा फरकफरक समयमा शैक्षिक सत्र सुरु हुन्छ।चिसो बढी हुने भएकाले माथिल्लो भेगका मनाङ ङिस्याङ र नार्पाभूमि गाउँपालिकामा चैत १ बाट सुरु हुन्छ। चामे गाउँपालिकामा आगामी वैशाखबाट हुँदै छ। 

चामे तिमाङस्थित गौरीशंकर आधारभूत विद्यालयका प्रधानाध्यापक कमल गुरुङले पाठ्यपुस्तक अभावमा पुरानै पुस्तक पढाउन बाध्य भएको बताए।'छिटो पुस्तक ल्याउन पसलेलाई ताकेता गरिरहेका छौँ, गुरुङले भने, 'विद्यालय खुलेको दुईसाता भइसक्यो अझै पुस्तक आएको छैन् ।'

नासो गाउँपालिका ५ थोंचेस्थित प्रकाशज्योति माविका प्रधानाध्यापक पद्मराज पन्थीका अनुसार फागुन १ बाटै भर्ना अभियान सुरु भएपनि पाठ्यपुस्तक भने आएको छैन।

शिक्षा विकास तथा समन्वय इकाइको अनुमतिमा स्टेसनरीले सीधै विद्यालयलाई पाठ्यपुस्तक दिने व्यवस्था मिलाइएको छ । चामे गाउँपालिकाका ४ र नासों गाउँपालिकाका ११ गरी १५ विद्यालयमा पठनपाठन सुरु भइसकेको छ।

शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख नारायण रेग्मीले सम्बन्धित प्रधानाध्यापकहरूले शैक्षिक सत्रअनुसारै पाठ्यपुस्तकको व्यवस्थापन गर्ने बताए। मनाङमा पाठ्यपुस्तक उपलब्ध गराउने जिम्मा लमजुङको भोटेओडारस्थित सापकोटा स्टेसनरीले लिएको छ। स्टेसनरी सञ्चालक ज्ञानहरि सापकोटाले माग आउनै ढिलाइ भएकाले समयमा पुस्तक पठाउन नसकिएको बताए। एनका अनुसार कक्षा १ को पुस्तक आएको छैन। यो पूरै रंगीन आउने हो । ६, ७ र ८ को पनि पूरै आएको छैन।

सरकारले शैक्षिकसत्र सुरुसँगै हरेक विद्यार्थीका हातमा पाठ्यपुस्तक पुर्‍याउने घोषणा गर्दै आएपनि हिमाली जिल्लाका विद्यार्थीले भने समयमै पाउने गरेका छैनन । मनाङमा ४ मावि, १० आधारभूत र १३ प्रावि गरी २७ सामुदायिक विद्यालय छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.