कोरोनाको त्रासमा कोरियाका नेपाली

कोरोनाको त्रासमा कोरियाका नेपाली

मञ्जु गुरुङ। सोल : दक्षिण कोरियामा कोरोना भाइरस संक्रमित दैनिक सयभन्दा बढी हुन थालेपछि यहाँ रहेका नेपालीमा त्रास फैलिएको छ। अधिकांश नेपाली बाहिर निस्कन छाडेका छन्।

थेगु शहरमा रहेका नेपाली निकै जोखिममा रहेको दूतावासले जनाएको छ। थेगुस्थित एक कम्पनीमा कार्यरत सुरेश खत्रीले भने, ‘हाम्रो कम्पनीमा लन्च टाइममा रेडिमेड प्याकिङ खाना ल्याएर खान थालिएको छ। हाम्रो काम गर्ने ठाउँ र बस्ने स्थान नजिकै भएकाले समस्या नभए पनि डरका कारण बाहिर जान सकैका छैनौं।’

त्यस्तै कोरियामा संक्रमित संख्या उच्च रहेको दोस्रो स्थान ख्याङसाङ भुक्दोस्थित छङदोमा कार्यरत यम श्रीस मगरले पाँच दिनका लागि कम्पनी बन्द भएको बताए। ‘नजिकैको अर्को कम्पनीमा एकजना संक्रमित देखिएपछि हाम्रो कम्पनी पनि बन्द गरिएको हो’, उनले थपे। यहाँ कार्यरत नेपाली लगायत १५ जना विदेशी कामदारलाई बाहिर नजान कम्पनीले निर्देशन दिएकाले सबैजना कोठामै बसिरहेको उनले बताए। कम्पनीकै रेस्टुराँमा खाना खान जाँदा किटनाशक औषधि छर्किने र हात सफा गर्नुपर्ने अनि एकपटकमा २ जनाले मात्र खाना खाने गरेको मगरले बताए।

बढ्दो प्रकोप रहे पनि हालसम्म नेपाली सुरक्षित रहेको नेपाली राजदूतासका श्रम सहचारी डिल्लीरामा बास्तोलाले बताए। थेगुमा करिब १ हजार नेपाली रहेको उल्लेख गर्दै उनले नेपालीलाई सुरक्षित रहन दूतावासले पटक पटक सूचना दिएको बताए। एनआरएन कोरियासँग समन्वय गरी सामाजिक सञ्जालमार्फत कोरोनाबाट सुरक्षित रहने तरिका र अवस्थाबारे चेतना कार्यक्रम गरिरहेको पनि उनले बताए।

नेपाल फर्कन लागेका नेपाली भने नेपाल जान नसक्ने हो कि भन्ने चिन्ताको गुनासो धेरै आउने गरेको एनआरएन कोरियाका महासचिव विमल सुवेदीले बताए। धेरै नेपालीलाई साहुले बाहिर जान नदिने र सुरक्षित रहन आफैं पनि बाहिर नजाने गरेकाले रासन सकिन थालेपछि पोष्टमार्फत घरमै मगाएर काम चलाउन थालेका छन्। अत्यावश्यक काम नपरेसम्म घर बाहिर नजान नागरिकलाई आह्वान गरेको छ। माक्स अनिवार्य प्रयोग गर्न र बाहिरबाट आएपछि साबुनपानीले हात धुन भनिएको छ। विवाह भोज जस्ता कार्यक्रम नगर्न आग्रह गरिएको छ।

माक्सको अभाव हुन थालेपछि माक्स कम्पनीलाई विदेश पठाउन घटाउन निर्देशन दिएको छ।

पहिलो पटक अमेरिकी सेनालाई कोरोना भाइरस संक्रमित भएको पुष्टि

दक्षिण कोरियामा कोरोना भाइरसको बढ्दो प्रकोपमा अमेरिकी सैनिक पनि परेका छन्। कोरियास्थित अमेरिकी सेनाम फेर्सका थेगु नजिकै छिलगोक क्याम्पमा रहेका २३ वर्षीय जवानलाई संक्रमित भएको पुष्टि भएको छ। उनलाई हाल फेन्तेकस्थित अमेरिकी सेनाको अस्पतालमा उपचार्थ राखिएको छ। सोलबाट २२० किलोमिटर दूरीस्थित छिलगोक शिविर कोरियाको सबैभन्दा उच्च प्रकोप रहेको थेगु शहरबाट नजिकै रहेको छ।

संक्रमितको संख्या १ हजार २६१ पुगेको छ। तीमध्ये १२ जनाको मृत्यु भइसकेको छ। २४ जना निको भइसकेका छन्। १ हजार २२५ जनालाई अलगै ठाउँमा राखी अनुसन्धान गरिँदै छ भने २० हजार ७१६ जनालाई अनुसन्धान गरिनुपर्ने छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.