जोमसोम बसपार्क अलपत्र
जोमसोम : हिमाली जिल्ला मुस्ताङको जोमसोममा निर्माणाधीन बसपार्क अलपत्र परेको छ। बजेट नहुँदा वहुवर्षीय योजनाको बसपार्क निर्माणको काम ठप्प भएको छ।जोमसोम बसपार्क निर्माणको काम २०७३ सालमा सुरु भएको हो। सहरी विकास तथा भवन डिभिजन विभागले २ करोड ५१ लाख लागतको स्टमेट गरी साविक डिभिजन कार्यालय बाग्लुङलाई जिम्मा दिएको थियो। बसपार्क निर्माणको सम्झौता अवधि सकिँदा जम्मा ६० प्रतिशत मात्र काम भएको छ।
मुस्ताङ सदरमुकाम जोमसोमको उत्तरतर्फ सडकको पूर्वतर्फ बसपार्कको काम थालिएको थियो। मुस्ताङको जोमसोमदेखि मुक्तिनाथ, उपल्लो मुस्ताङ र बेनी÷पोखरा सञ्चालन हुने यातायातका साधनलाई पार्किङ व्यवस्था सहज गराउन विभागले बसपार्कको अवधारणा ल्याएको थियो। बसपार्कमा करिब ५० वटाभन्दा बढी सवारीसाधन अटाउन सक्ने गरी काम थालिएको थियो। साविक डिभिजन कार्यालय बाग्लुङले बसपार्क निर्माण गर्न रोशन अमित जेभीलाई जिम्मा दिएको थियो। बसपार्कको पूर्वतर्फ रक कटिङ गर्नुपर्ने र त्यसमा खर्च बढ्ने भएकाले यसको २५ प्रतिशत क्षेत्रफललाई घटाइएको थियो। विभागले राज्य पुनसंरचना हुनु अघिनै बसपार्कको काम अघि बढाएको थियो। विभागबाट बसपार्क निर्माणको अख्तियारी पाएको डिभिजन कार्यालय बाग्लुङलाई दिईएको थियो।
संघीयतापछि बसपार्क निर्माणको जिम्मा संघीय आयोजना कार्यान्वयन एकाइ पोखरामा सरेको थियो। अहिले म्याद सकिएको २ वर्ष बितिसक्दा समेत बसपार्कको कामले मूर्त रूप पाउन सकेको छैन। संघीय आयोजनाका इन्जिनियर सुशील आर्चायले राज्य पुनसंरचनाका कारण जोमसोम बसपार्क निर्माणको काममा ढिलाइ भईरहेको जानकारी दिए। उनले बसपार्कको म्याद थप नभएको तथा बजेटसमेत विनियोजन नभएकाले काम अवरुद्ध भएको बताए। उनले भने,‘ बसपार्कको म्याद भएको छैन। बजेट पनि छुट्टयाइएको छैन। बजेट भए काम अघि बढाउन केहीले बाधा पार्दैन।’ उनले संघीय आयोजनाले म्याद थपका लागि प्रक्रिया अघि बढाएको उल्लेख गरे। सरकारले सार्वजनिक खरिद ऐन नियमावली जारी गरेकाले म्याद थप गर्न समस्या परेको हो।
बसपार्कको जमिन खार्ने र सम्याउने काम पूरा भएको छ। रनवे कालोपत्रे, सपोर्ट वाल, ड्रेन निर्माण, बेस र सबबेसलगायत काम बाँकी रहेको इन्जिनियर आचार्यले बताए। उनका अनुसार बसपार्कका लागि पहिलो वर्ष १ करोड बजेट प्राप्त भए पनि त्यसपछि बजेट निकासा भएको छैन।
मुस्ताङका संघीय प्रतिनिधि सभा सदस्य प्रेमप्रसाद तुलाचनले जोमसोम बसपार्क निर्माणका लागि पहल गरिरहेको बताए। उनले आयोजना बसपार्क वहुर्षीय भएकाले बजेटअनुसार काम हुने भएकाले समस्या आएको उल्लेख गरे। सरकारले बेनी÷जोमसोम÷कोरला सडक विस्तार गरिहेकाले मुस्ताङमा दैनिक सवारीसाधनको आउजाउ बढेको छ। सवारीसाधन बढेको तर बसपार्क नहँुदा पार्किङ समस्या पर्दै आइरहेको छ। घरपझोङ गाउपालिकाले पुथाङ एअरपोर्टदेखि २० मिटर पर बसपार्क निर्माण गरे पनि अपायक भएका कारण बसपार्क प्रयोगमा आउन नसकेको हो।