फूलबारी–बंगलाबन्ध हुँदै धागो निकासी : बंगलादेशसँग वार्ता हुने

फूलबारी–बंगलाबन्ध हुँदै धागो निकासी : बंगलादेशसँग वार्ता हुने

काठमाडौं : नेपालले फूलबारी–बंगलाबन्ध हुँदै यार्न (धागो) निकासीका लागि बंगलादेशसँग वार्ता गर्ने भएको छ। भन्सारका महानिर्देशकहरूको आगामी साता ढाकामा हुने बैठकमा स्थलमार्ग हुँदै यार्न निकासीका बारेमा छलफल हुन लागेको हो।

सन् २००३ पछि बंगलादेशले फूलबारी हुँदै बंगलाबन्ध धागो निकासी गर्न रोकेको थियो। त्यसपछि नेपालको पटक–पटकको आग्रहपछि बंगलादेशी आयातकर्ताले लाइसेन्स लिएर फूलबारी–बंगलाबन्ध हुँदै बंगलादेशले नेपाली यार्न आयात गर्न मञ्जुरी जनायो। तर, त्यहाँका आयातकर्तालाई यो उद्देश्य अनुरूप आयात गर्न लाइसेन्समै कडाइ गरेको छ।

भन्सार विभागका महानिर्देशक सुमन दाहालसहितको टोलीले यससम्बन्धमा बंगलादेशी समकक्षीको टोलीसँग सहजीकरण वार्ता गर्ने भएको हो। ‘बंगलादेशले आयात गर्नै रोक लगाएको त होइन तर उनीहरूका आयातकर्तालाई इजाजत नै दिन कडाई गरिरहेको छ’, भन्सार विभागका महानिर्देशक दाहाल भन्छन्, ‘यस्तो गैरभन्सार हटाउने विषयमा हामी छलफल गर्नेछौं।’

यसका अतिरिक्त भन्सार सहजीकरण र व्यापार सहजीकरणका सम्बन्धमा छलफल हुनेछ। हाल नेपालबाट यार्न आयात गर्ने प्रमुख मुलुकमा टर्की, भारत र बंगलादेश छन्। बंगलादेशको गैरभन्सार अवरोध हटाउने हो भने नेपाली यार्नले बंगलादेशी बजारमा सहजै प्रवेस पाउने व्यवसायी बताउँछन्।

नेपालको काँकडभिट्टा हुँदै भारतको फूलबारी भएर बंगलाबन्ध नेपालबाट बंगलादेशसँग व्यापार गर्ने सबैभन्दा छोटो दूरीको व्यापारमार्ग हो। तर बंगलाबन्धमा आधुनिक सुविधासहितको भन्सार कार्यालय छैन। भन्सार जाँचपासका लागि दैनिक ७० किमि टाढादेखि भन्सारका कर्मचारी आउनुपर्छ। यसका कारण बंगलादेशले निश्चित वस्तुलाई आयात अनुमति दिएको छ। यार्नका अतिरिक्त नेपालबाट दाल, फलफूल तरकारीको निर्यातमा रहेको गैरभन्सार अवरोध न्यूनीकरणका लागि पहल गरिने बताइएको छ। बंगलादेशले भारतबाट निकासी हुने फलफूल तरकारीको तुलनामा नेपालबाट निकासी हुनेमा १० गुणासम्म भन्सार महसल लिँदै आएको छ।

भन्सारका महानिर्देशकको बैठक लगत्तै नेपाल–बंगलादेश वाणिज्य सचिव स्तरीय बैठक हुँदै छ। यसका लागि सरकारले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव बैकुण्ठ अर्यालको संयोजकत्वमा ८ सदस्यीय वार्ता टोली गठन गरेको छ। बंगलादेशसँग यसअघिको सचिवस्तरीय बैठकदेखिका केही एजेन्डा थाती छन्। यसमा दुवै देशको सीमा नाकामा अध्यागमनसहित अत्याधुनिक भन्सार नाका स्थापना गर्ने सहमति छ। यस्तै, एकअर्को देशको प्रयोगशाला परीक्षणलाई मान्यता दिने (म्युचुअल रिकगनिसन एग्रिमेन्ट) को तयारी छ। बंगलादेशले नेपालसँग यसअघि देखि नै स्वतन्त्र व्यापार क्षेत्रसम्बन्ीध सम्झौताका लागि पहल गर्दै आएको छ स्वतन्त्र व्यापार क्षेत्रसम्बन्धी सम्झौता नै नभए पनि एक अर्को मुलुकका वस्तुलाई आपसमा समान व्यवहार गर्ने विषयमा सहमतिका लागि नेपालले प्रयास गरिरहेको छ।

बंगलादेशले नेपाललाई उसका प्रमुख निर्यात इलेक्ट्रोनिक्स, जुसलगायत वस्तुमा भन्सार सुविधाका लागि माग गर्दै आएको छ। नेपालले भने बंगलादेशले नेपाललाई जुन–जुन वस्तुमा भन्सार सुविधा दिन्छ, तिनै वा त्यतिनै परिणाममा व्यापार हुने वस्तुलाई समान व्यवहार गर्न सकिने बताउँदै आएको छ। नेपालले अन्य मुलुकका वस्तुलाई नेपाली बजारमा दिएको सुविधा भारतीय वस्तुलाई पनि दिनुपर्ने नेपाल–भारत वाणिज्य सन्धिको प्रावधानका कारण तेस्रो मुलुकका वस्तुलाई नेपाली बजारमा सुविधा दिन अप्ठेरो रहेको अधिकारी बताउँछन्।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.