वामदेवको निर्णय सर्वसम्मत हो, अवज्ञा गर्ने कल्पना कसैले नगरे हुन्छ : प्रचण्ड (भिडियो)

वामदेवको निर्णय सर्वसम्मत हो, अवज्ञा गर्ने कल्पना कसैले नगरे हुन्छ : प्रचण्ड (भिडियो)

चितवन : नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले राष्ट्रियसभा सदस्यमा पार्टीका उपाध्यक्ष वामदेव गौतमको नाम सिफारिस गर्ने सचिवालयको निर्णय सर्वसम्मत भएकाले यसको अवज्ञा गर्ने कुरा कल्पनाभन्दा बाहिरको भएको बताएका छन्।

उनले भने,' वामदेव गौतमको नाम सिफारिस गर्ने सचिवालयको निर्णय सर्वसम्मत भएकाले यसको अवज्ञा गर्ने कल्पना कसैले नगरे हुन्छ।'

सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा नियुक्त हुने राष्ट्रियसभा सदस्यमा गौतम नै हुने उनको दावी छ। प्रधानमन्त्री केपी शर्मा ओलीले गौतमको नाम सिफारिस नगर्ने बताए पनि दाहालले भने पार्टीको सचिवालयले सर्वसम्मत निर्णयलाई प्रधानमन्त्रीले अस्वीकार गर्न नसक्ने भन्दै गौमत नै सदस्य हुने दावी गरे।

प्रेस संगठन चितवनले शुक्रबार भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दाहालले २१ गते बामदेव गौतम सदस्य हुने बताए ।

प्रधामन्त्री र आफ्नो संयुक्तरुपमा अध्यक्षता गरेको बैठकले सर्वसम्मत गरेको निर्णयलाई अवज्ञा हुने कुरा कल्पना बाहिरको कुरा भएको बताए।' राष्ट्रिय सभाको सिटमा बामदेव गौतमजीनै जानुहुन्छ,' दाहालले भने, 'प्रधामन्त्रीजीले मान्नुहुन्छ  तपाईहरुले एक दुई दिनमा थाहा पाहुनुहुन्छ।'

गौतमको विषयललाई उनले विवाद नभइ छलफल मात्र चलेको भन्दै त्यसलाइ सामान्य लिनुपर्ने बताए । दाहालका अनुसार संविधान संसोधनको सर्त नभएको स्पष्ट पारे ।

संविधान संसोधनको सर्त आफ्नो प्रक्रियामा हुँदै जाने कुरा भएको भन्दै उनले राष्ट्रियसभामा अहिले नै जाने भन्ने निर्णय भएको हो बताए ।

प्रत्यक्ष निर्वाचनमा पराजित भएपनि राष्ट्रियसभा सदस्यमा मनोनित गर्ने कुरा अस्वभाविक नभएको दावी गरे । पहिला गौतमले मानेका कारण अहिले मनोनित गर्न लागेको उनको भनाइ छ । 

'पहिला हारेकालाई ल्याएर मैले के के गरे थाहा पाउनुभएकै छ , यो हुन्छ,' दाहालले स्पष्ट पारे, ' चुनाव हार्ने र जीत्ने धेरै कारणले काम गरेको हुन्छ।'

अर्थमन्त्री डा. युवाराज खतिवडाको राष्ट्रियसभा सदस्यको समयावधि यही फागुन २१ गते सकिदैछ। दाहालले अर्थमन्त्री हुनका लागि राष्ट्रियसभामा नभए पनि ६ महिनाका लागि मन्त्री बनाउने प्रधानमन्त्रीलाई अधिकार भएको तर्क गरे। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.