ढलको प्रदूषण फैलियो

ढलको प्रदूषण फैलियो

काठमाडौं : काठमाडौं महानगरपालिका वडा नं. ७ को सिफल, पनेकु टोलको ढल निकास बन्द गरिँदा समस्या भएको छ। ढलको निकास बन्द भएपछि स्थानीयको घरसम्म छिरेको छ। ढलको निकास बन्द भएपछि वरपरसम्म दुर्गन्धसमेत फैलिएको छ। करिब १२ घरको ढल बीचमा रोकिएको छ। जसले गर्दा ढल नालीबाट जमिनको सतहमा निस्कएको छ।

स्थानीय भगवती थापाले ढल अवरुद्ध गरी टहरा निर्माण गरेकाले समस्या भएको स्थानीय हरमोहन भट्टराईले बताए। ‘महानगरपालिका र उपभोक्ता समितिमार्फत बनेको ढल धोबीखोलामा पुग्दै थियो’, उनले भने, ‘स्थानीय भगवती थापाले ढल बग्ने नाली बन्द हुने गरी टहरा हालेकाले समस्या आएको हो।’ भट्टराईका अनुसार विगत तीन महिनाबाट ढल बग्न नपाएर समस्या भएको छ।

उक्त ढल निकास २०५८ सालदेखि उपभोक्ता समिति र महानगरको सहकार्यमा बनेको हो। स्थानीयले आफ्नो जग्गा दिएर निर्माण गरेका हुन्। ढल निर्माण भइसकेपछि स्थानीय रमेश बस्नेतले आफ्नो जमिन अर्कोलाई बेचे। त्यसको दुई तीन वर्ष पछि तेस्रो व्यक्ति भगवती थापाले जमिन किने। अहिले थापाले आफ्नो जमिनबाट ढल बग्न नदिने गरी टहरा निर्माण गरेका छन्। टहरा निर्माण भएको अर्को छेउबाट भने ढलको निकास धोबीखोलासम्म छ।

ढल बग्न नपाउँदा ढल भरिएर जमिनको सतहमा आउँदा दुर्गन्ध फैलिएको स्थानीय पाण्डुकुमार प्रसाईंले बताए। ‘ढलको कारणले समस्या भएको छ’, उनले भने, ‘दुर्गन्ध मात्र होइन, हैजा फैलने अवस्था आएको छ।’ जनप्रतिनिधिले पटक पटक अनुगमन गरेपनि ढल निकास खोल्न कुनै पहल नगरेको स्थानीयको आरोप छ। तीन महिनाको अवधिमा महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठ र वडाका जनप्रतिनिधिले समेत अनुगमन गरिसकेका छन्।

अनुगमन गरेर पनि समस्या समाधान नभए पनि स्थानीय मेयरलाई भेट्न समेत गएका थिए। स्थानीयले समस्या लिएर जाँदा मेयर शाक्यले भेट्न समेत नदिएको स्थानीय भट्टराईले बताए। ‘हामीले समस्या लिएर वडा कार्यालयमा पनि गयौं’, उनले भने, ‘मेयर शाक्यकोमा समेत पुग्यौं तर मेयरले हाम्रो समस्या राख्नलाई भेट्नसमेत मानेन।’

जनप्रतिनिधिविहीन अवस्था जस्तो महसुस भएको स्थानीयको भनाइ छ। वडा नं. सातका अध्यक्ष शुद्ध डंगोलले ढलको निकास खोलिनुपर्ने बताए।

‘ढल बन्द गरिँदा स्थानीय समस्यामा परेको हो’, डंगोलले भने, ‘त्यसका लागि म आफैं लागि परेको छु।’ टहरा भत्काउन आदेश मेयरले नदिएसम्म आपूmले केही गर्न नसक्ने उनले बताए। ‘टहरा भत्काउन मेयरले आदेश नदिइ हुँदैन,’ उनले भने, ‘यस्ता कार्यमा मेयरले छिटो काम गरिदिए सहज हुन्छ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.