किन बर्षियो बच्चा बोकेकी महिलामाथि लाठी ?

किन बर्षियो बच्चा बोकेकी महिलामाथि लाठी ?

ललितपुर : भैसेपाटीस्थित पूर्वजर्नेल हेम खत्रीको घरमा शुक्रबार एक हुल महिलाका छिरे। खत्रीलाई आफनो श्रीमान दाबी गर्ने माला साहसहित अभियन्ताहरु शुक्रबार खत्रीको घरमा बलजफ्ती छिरेको प्रहरीले दाबी गरेको छ।

उनीहरुले खत्रीको घरमा छिरेर तोडफोड गर्न थालेपछि उनले महानगरीय प्रहरी प्रभाव, भैसेपाटीलाई खबर गरे। प्रभागका इन्स्पेक्टर देवीप्रसाद पौडेल खत्रीको घरमा पुगे। परिस्थिति तनावपुर्ण भएकाले लाठी चार्ज गर्नुपर्ने अवस्था आएको प्रहरीको भनाई छ। सो घटनामा बच्चा बोकेकी एक महिलालाई प्रहरीले लाठी बर्साएको भिडियो र फोटो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ।

महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख टेकप्रसाद राईका अनुसार उक्त घटनाको विषयमा एसपी दुर्गा सिंहको नेतृत्वमा तीन सदस्यसहितको छानबिन समिति गठन गरेको छ। बच्चा बोकेकी महिलालाई पिटेको भन्दै चौतर्फी विवाद आएपछि प्रहरीले छानविन समिति गठन गरेको हो। यस विषयमा प्रहरीले पटक पटक छलफल गराए पनि निष्कर्ष नआएको राईले बताए। ‘अदालत जानुपर्ने केस हो’ राईले अन्नपूर्ण अनलाइनसँग भने।’ युट्युबहरुलाई अगाडी लिएर अर्काको घर  तोडफोड गरेपछि लाठी प्रहार गरेको प्रहरीको दाबी छ।

प्रहरीले चार जनालाई पक्राउ गरी प्रहरी परिसर जाउलाखेलमा राखिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.