इरानका उपराष्ट्रपतिलाई नै कोरोना भाइरस !

इरानका उपराष्ट्रपतिलाई नै कोरोना भाइरस !

तेहरान : कोरोना भाइरसका कारण इरानमा २६ जनाको मृत्यु भइसकेको छ ।

यहाँका स्वास्थ्यमन्त्रीले यस्तो घोषणा गरेका हुन् । साथै उपराष्ट्रपतिलाई समेत कोरोना भाइरस लागेको बताइएको छ । उनी इरानमा कोरोना भाइरसबाट संक्रमित हुने सातौँ उच्च अधिकारी हुन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता किआनस जहानपुरले प्रेस सम्मेलनमा बताए अनुसार इरानमा २ सय ४५ संक्रमित भइसकेका छन् । एकै दिनमा १ सय ६ जनामा संक्रमण देखिएको थियो ।

कोरोना भाइरसको संक्रमण फैलिने देशमा इरान पनि एक हो । जहाँका उपराष्ट्रपति मसोमे एबतेकरलाई पनि संक्रमणले समातेको हो ।

उनको अहिले घरमै स्वास्थ्य टोलीले उपचार गरिरहेको छ । उनको टोलीका सदस्यहरुको पनि परीक्षण गरिएको छ । यससँगै संसदको राष्ट्रिय सुरक्षा तथा विदेश मामिलाका प्रमुख मोजताबा जोलनोरलाई पनि संक्रमण सरेको स्थानीय मिडियाले जनाएका छन् । र उनलाई क्वारेन्टाइनमा राखिएको इरानी टेलिभिजनले जनाएका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.