सिक्‍किमलाई हराउँदै माइभ्याली क्‍वाटरफाइनलमा

सिक्‍किमलाई हराउँदै माइभ्याली क्‍वाटरफाइनलमा

इलाम : इलाममा जारी छैटौ संस्करणको माइभ्याली गोल्डकपको क्वाटरफाइनलमा आयोजक माइभ्याली फुटबल क्लब प्रवेश गरेको छ। शुक्रबार पाहुना टोली सिक्किमलाई २-० ले हराउँदै आयोजक माइभ्याली क्वाटरफाइनलमा प्रवेश गरेको हो।

खेल शुरु भएको ५ मिनेटमा माइभ्याली फुटबल क्लब इलामले सिक्किमविरुद्ध विदेदेशी खेलाडी जोर्डन जुइनर डेम्लेले पहिलो गोल गरेका थिए। खेलको इञ्जुरी समयमा डेम्लेले नै दोस्रो गोल गरेर टिमलाई अग्रता दिलाएका थिए। 
 

इलामको मैदानमा यी दुई टोली पहिलो पटक प्रतिस्पर्धा गरेका हुन्। आयोजक टोलीले पछिल्लोपटक चौथौ संस्करणको प्रिक्वाटरफाइनल खेलमा कास्की-११ माथि ३-२ गोल अन्तरको जीत निकालेको थियो। क्वाटरफाइनल खेलमा आयोजकलाई ए डिभिजन क्लब मनाङ मर्स्याङदीले १-० गोल झिनो अन्तरले हराएको थियो। गत संस्करणको प्रतियोगिताको पहिलो खेलमै आयोजक टिमलाई भारतकै दार्जि्लिङ युनाइटेडले १-० ले हराएको थियो। पाहुना टोलीले यसै महिना भारतकै १५औं सकुना गोल्डकपको क्वाटरफाइनलसम्मको यात्रा तय गरेको थियो।

विजेता माइभ्यालीले  कोलकता प्रिमियर लिग क्लब मोहम्मडेन स्पोटिङसँग प्रतिस्पर्धा गर्नेछ। आयोजक टिम च्यासल क्लबका डिफेन्डर छिरिङ गुरुङ, लिगका उदीयमान खेलाडी दर्शन गुरुङ केही अफ्रिकन खेलाडीको साथमा मैदान उतारेको थियो।  शनिबार झापा ११ र  एम.एफ.सी. दार्जिलिङ बिच पहिलो सेमीफाईनल खेल हुनेछ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.