स्काउटको गण्डकी प्रदेशस्तरीय तालिम पोखरामा

स्काउटको गण्डकी प्रदेशस्तरीय तालिम पोखरामा

पोखरा : स्वयमसेवी संस्था नेपाल स्काउटको आधारभूत तालिम कास्कीको पोखरामा शुरु भएको छ । यो गण्डकी प्रदेश स्तरिय तालिम हो । पाँच दिनसम्म चल्ने तालिमको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले गरे ।

स्काउटले यसअघि प्रदेश १ र ५ मा प्रदेश स्तरिय तालिम सम्पन्न गरिसकेको छ । हरेक प्रदेशमा तालिम सञ्चालन गर्ने लक्ष्य स्काउटको छ । तालिमको उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेशका हरेक स्थानीय तह र विद्यालयमा स्काउटको तालिम पु¥याउने प्रतिवद्धता जनाए ।

तालिमका लागि आउने वर्षदेखि बजेट विनियोजन गर्नेपनि उनले जनाए । साथै स्यवमसेवी कार्यमा स्काउटसंग सहकार्य गर्ने पनि उनले सोही कार्यक्रममा प्रतिवद्धता जनाए । कार्यक्रममा युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले विकासका लागि स्काउट अनिवार्य रहेको बताए ।

हरेक प्रदेशमा स्काउटको तर्दथ समिति छिट्टै गठन हुने पनि उनले बताए । अहिले केन्द्रमा पनि स्काउट तदर्थ समितीको भरमा चलिरहेको छ । युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियाले चालु आर्थिक वर्षलाई सरकारले युवा परिचालन वर्ष घोषणा गरेकोले सोही अनुसार गतिविधी पनि सञ्चालन गरिरहेको बताए ।

सिमित स्रोतका बाबजुद पनि नेपाल स्काउट मार्फत युवा परिचालनको लागि उत्साप्रद तरिकाबाट कार्यक्रम सञ्चालन गरिरहेकोमा उनले प्रशंसा गरे । मुलुकमा थुपै्र सामाजिक संस्था सञ्चालनमा रहेपनि नेपाल स्काउटको काम अन्यको भन्दा फरक र प्रशंसायोग्य रहेको आयोजकले बताए ।

गण्डकी प्रदेशका सांसद राजीव पहारीले विगतमा सुस्ताएको स्काउटको गतिविधी पछिल्लो समय बढ्दै गएकोमा स्काउन केन्द्रीय समितिलाई धन्यवाद दिए । तालिममा गण्डकी प्रदेशका ३ सय ९१ जना सहभागी भएको स्काउटका केन्द्रीय संयोजक लोक वहादुर भण्डारीले बताए । तालिमबाट सबै स्थानीय तहमा तालिम दिन सक्नेगरि स्काउट मास्कटर्स तयार गरिनेछ ।

ती मास्टरहरुले सम्बन्धित स्थानीय तहका अनय नागरिकलाई तालिम दिनेछन् । अन्तर्राष्ट्रिय स्वयमसेवी संस्था स्काउटको गतिविधी नेपालमा २००९ सालबाट शुरु भएको हो । तर २०५० सालमा नेपाल स्काउट ऐन आएपछि मात्र कानुनी रुपमा निर्देशित भएर गतिविधी कार्यक्रम शुरु गरिएको हो । यसको विश्वका १ सय ८६ मुलुकमा संगठन रहेको भण्डारीले बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.