कोरियामा कोरोनाका कारण अमेरिकी सैन्य अभ्यास रोकियो
सोल : अमेरिका र दक्षिण कोरियाबीच हुन लागेको संयुक्त सैन्य अभ्यास कोरोना भाइरसको असरका कारण स्थगित भएको छ ।
दक्षिण कोरियामा कोरोना भाइरसको संक्रमण महामारीकै रुप लिन थालेपछि सैन्य अभ्यास रोकिएको हो । कोरियाली सरकारले विज्ञप्ति निकाल्दै सैन्य अभ्यास रोक्ने निर्णय सार्वजनिक गरेको हो ।
अर्को सूचना प्रकाशन नभएसम्मका लागि तत्कालका लागि अभ्यास रोकिएको बताइएको छ । कोरियामा २ हजार ५ सय अमेरिकी सेना तैनाथ छन् । कोरियामा कोरोनाका कारण १३ जनाको मृत्यु भएको छ भने ७ सय ७६ जनामा संक्रमण देखिएको छ ।
प्रतिक्रिया दिनुहोस !