दिल्लीका दंगा पीडितलाई मुख्यमन्त्री केजरिवालले राहत दिने
नयाँदिल्ली : भारतको नयाँदिल्लीका हिंसा पीडित परिवारलाई मुख्यमन्त्री अरविन्द केजरीवालले राहत उपलब्ध गराउने घोषणा गरेका छन् ।
उपमुख्यमन्त्री मनिस सिसोडिया, मन्त्री कैलाश गहलोट लगायत उच्च अधिकारीहरुको बैठकले यस्तो निर्णय गरेको हो । नयाँदिल्ली लगायत ठाउँमा हिन्दू–मुस्लिम दंगा भड्किएपछि मुख्यमन्त्री अरविन्द केजरीवालले हिंसाग्रस्त क्षेत्र अवलोकन गरेका थिए ।
दिल्ली दंगामा ४० बढी मारिनुका साथै २ सय भन्दा धेरै घाइते भएका छन् । ५ सय भन्दा धेरैलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रतिक्रिया दिनुहोस !