कोरोना त्रास : साउदीमा पर्यटक भिसा बन्द

कोरोना त्रास : साउदीमा पर्यटक भिसा बन्द

विष्णु घिमिरे। साउदी अरेबिया : विश्वभर तीव्र गतिमा कोरोना भाइरस संक्रमणपछि साउदी अरेबियाले आपत्कालीन अवस्था भन्दै पर्यटक भिसा बन्द गरेको छ। उसले हवाईसेवा पनि बन्द गरेको छ।

कोरोनाप्रभावित मुलुकबाट आउने पर्यटकका लागि अहिले प्रतिबन्ध लगाइएको साउदी सरकारले जानाएको छ। उसले इस्लाम धर्मावलम्बीको सबैभन्दा पवित्र स्थल मक्का र मदिनालगायत धार्मिक स्थान भ्रमणका लागि विदेशीको आगमनमा प्रतिबन्ध लगाउनुका साथै पर्यटक भिसा नदिने निर्णय गरेको हो।

उमराका लागि वर्षभर लाखौं व्यक्ति साउदी आउँछन्। हजका बेला पर्यटकको संख्या बढ्ने भएकाले संक्रमणलाई ध्यान दिँदै साउदीले यो निर्णय लिएको हो।

साउदी सरकारको सेल्स टिमले बिहीबार विज्ञप्ति निकाल्दै भाइरस नियन्त्रण गर्न भिजिट भिसामा चीन, जापान, थाइल्यान्ड, मलेसिया, इन्डोसिया, दक्षिण कोरिया, इरान, इजिप्ट, पाकिस्तान, भारत, यमनलगायत मुलुकको नामै तोकेर पर्यटक भिसा उपलब्ध गराउन नसक्ने उल्लेख गरेको छ। साउदीले मुलुकभित्र पनि उच्च सतर्कता अपनाएको जनाएको छ। साउदीमा कोरोना संक्रमण नदेखिए पनि पहिले नै सचेतता देखाइएको हो।

इस्लाम धर्मअनुसार मक्कामा पैगम्बर मोहम्मदको जन्म भएको थियो। मदिनामा उनको अन्तिम संस्कार गरिएका कारण पनि त्यो स्थानमा संसारभरका मुस्लिम पुग्छन्। साउदीले अक्टोबरयताको ६ महिनामा ५ लाख विदेशीलाई प्रवेशाज्ञा उपलब्ध गराएको छ।

सम्पूर्ण मुस्लिमले विश्वास गरी मक्का मदिनामा गरिने उमरा र हजका लागि आवतजावातलाई केही समयका लागि बन्द गरिएको छ। ट्राभल एजेन्सीलाई पनि यो सूचना जानकारी गराइएको छ। विभिन्न मुलुकबाट आउने आफ्ना नागरिकलाई आईडी कार्ड देखाई आफ्नोमा प्रवेशका लागि उसले आग्रह गरेको छ।

विश्वमा कोरोनाबाट संक्रमित व्यक्तिको संख्या ८३ हजार पुगेको छ। चीनको वुहानबाट फैलिएकोले त्यहाँ अत्यधिक प्रभावित थिए। त्यो अहिले सर्दै विश्वका मुलुकमा देखिन थालेको हो। गर्मी हुने मुलुकमा नदेखिने भनिए पनि पहिले नै सतर्कता अपनाइएको बताइएको छ। सन् २०१९ को डिसेम्बरमा चीनको हुपैको वुहान सहरबाट उक्त भाइरस संक्रमण आरम्भ भएको हो। यो संक्रमण बढ्दै जाँदा हुपै प्रान्तमा रहेका नेपालीलाई काठमाडौं ल्याएर क्वारेन्टाइनमा राखिएको छ। साउदी अरेबियामा सतर्कता अपनाउन थालेपछि यहाँ रहेका नेपाली पनि हुलमुलमा नजाने र काम–घर मात्र गरिरहेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.