अमेरिकामा हुने एसियाली सम्मेलन कोरोनाका कारण स्थगित
वासिङ्टन : आगामी महिनामा लस भेगासमा हुने भनिएको दक्षिण पूर्वी एसियाली राष्ट्रहरुको सम्मेलन कोरोना भाइरस संक्रमणको त्रासका कारण स्थगित भएको छ ।
‘साउथ इस्ट एसियन नेशन्स, एसियन’को क्षेत्रीय सम्मेलन स्थगित भएको अमेरिकी उच्च अधिकारीहरुले यही शुक्रबार जानकारी दिएका हुन् । अमेरिकी अधिकारीहरुले उक्त सम्मेलन कोरोना भाइरसको भयका कारण स्थगित गरेको बताएका छन् ।
आगामी मार्च १४ मा हुने भनिएको उक्त कार्यक्रमको नेतृत्व अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले गर्ने भनिएको थियो । साथै दक्षिण पूर्वी एसियाली नेताहरु सामेल हुने उक्त कार्यक्रमलाई एक महत्वपूर्ण क्षेत्रीय सम्मेलन मानिन्छ । यस सम्मेलन गत वर्ष थाइल्याण्डको बैंककमा भएको थियो ।
प्रतिक्रिया दिनुहोस !