आगलागीबाट ७० लाखको क्षति

आगलागीबाट ७० लाखको क्षति

जोमसोम : हिमाली जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका ४ जोमसोममा शनिबार राती एक घरमा आगलागी हुँदा करिब ७० लाख बरामरको धनमाल क्षति भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

स्थानीय मनोज गोतामेको घर भाडामा लिइ फेन्सी पसल संञ्चालन गरेकी स्थानीय सोममाया ल्वागुनको पसलमा शनिबार राती १० बजे आगलागी भएको प्रहरी निरीक्षक बिनोद सुवेदीले जानकारी दिए ।

फेन्सी पसलमा विद्युत सट भई आगलागी भएको हुनसक्ने प्रहरी निरीक्षक सुवेदीको अनुमान छ । आगोलागीबाट भुँइतलाको फेन्सी पसल पूर्णरुपमा जलेर नष्ट भएको छ भने घर भित्रका फर्निचर तथा लत्ताकपडा जलेर नष्ट भएको प्रहरी निरीक्षक सुवेदीले अन्नपूर्णलाई बताए ।

यस्तै, ढुंगा,माटो र काठले बनेको २ तले ४ कोठा भएको कच्ची घरमा क्षती भएको हो । उद्दार टोली समयमै उपस्थित भएकाले थप मानवीय क्षति हुन भने नपाएको प्रहरीले जनाएको छ ।

यसअघि आगलागी भएको खबर पाएपछि स्थानीयबासी तत्काल आगो निभाउन घटनास्थलमा पुगेको नेपाल विद्यार्थी संघ मुस्ताङका अध्यक्ष असिम शेरचनले जानकारी दिए । नेपाली सेना ,सशस्त्र प्रहरी ,नेपाल प्रहरी र स्थानीयीबासीको सहयोगमा ३ घण्टापछि आगो नियन्त्रणमा आएको उनले बताए । 

रातीको समय खाना खाइ माथिल्लो तलामा सुत्ने क्रम भुइँतलाबाट आगलागी भएको पीडित सोममाया ल्वागुनले प्रहरी समक्ष बताएकी छिन् ।     
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.