नेपालको फेरि कमजोर ब्याटिङ

नेपालको फेरि कमजोर ब्याटिङ

काठमाडौं : थाइल्यान्डको बैंककमा जारी एसीसी इस्टर्न रिजन त्रिकेटको आफ्नो दोस्रो खेलमा नेपालले फेरि कमजोर ब्याटिङ गरेको छ। जारी खेलमा हङकङविरुद्ध १५५ रनको लक्ष्य पछ्याइरहेको नेपालले १५औं ओभरको समाप्तीमा ६ विकेट गुमाउँदै ९० रन जोडेको छ।

आइतबार पनि ओपनिङमा मलेसियाविरुद्ध खेलाइएको जोडी नै उतारिएको थियो। नयाँ ओपनरका रूपमा कुशल मल्ललाई ल्याइएको छ। त्यस्तै अर्का ओपनर कप्तान ज्ञानेन्द्र मल्ल रहेका छन्। आइतबार भइरहेको दोस्रो खेलमा पहिलो खेलमाभन्दा ओपनरले सुधार भने गरेका छन्। ओपनर कुशलले १४ बलको सामना गर्दै १९ रन जोडे। त्यस्तै ज्ञानेन्द्र मल्लले ४३ बलमा ४६ रन बनाउँदै छैठौँ विकेटका रूपमा क्याच आउट हुन पुगे। त्यस्तै तेस्रो नम्बरमा आएका पारस खड्का र मध्यम क्रममा आएका कुनै पनि ब्याट्स्म्यान चल्न सकेनन्। 

पूर्व कप्तान पारस ४ रनमै एलबीडब्लू धरापमा परे। त्यस्तै उपकप्तान दीपेन्दसिंह ऐरी ८ बलको सामना गर्दै ५ रनमै पेभिलियन फर्किए भने पवन सर्राफ १ रनमा आउट भए। यसैगरी विनोद भण्डारी ५ रनमा क्याच आउट हुन पुगे।

अहिले क्रिजमा आरिफ शेख र करण केसी ९० रनको योगफलमा खेलिरहेका छन्। 

यसअघि शनिबार मलेसियाविरुद्ध ब्याटिङ नचल्दा अप्रत्यासित रूपमा नेपालले २२ रनको हार व्यहोरेको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.