टिपरसँग मासिक असुली गर्ने ट्राफिकमाथि मुद्दा

टिपरसँग मासिक असुली गर्ने ट्राफिकमाथि मुद्दा

काठमाडौँ : अस्थायी ट्राफिक प्रहरी पोष्ट रामनगर, बुटवलका प्रहरी सहायक निरीक्षक सूर्यबहादुर अधिकारीविरुद्ध घुस मुद्दा दायर गरिएको छ ।

प्रहरी चौकी खिदिम, अर्घाखाँची दरबन्दी भइ हाल रामनगरमा कार्यरत अधिकारीले टिपर चालकलाई डर त्रास देखाइ पटक पटक घुस लिँदैआएका थिए । उनलाई अख्तियारले सेवाग्राहीबाट ५ हजार घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

अधिकारीले सेवाग्राहीको टिप्पर संचालनमा सहजीकरण गरिदिएबापत मासिकरुपमा ५ हजारको दरले रकम असुल गर्ने गरेको अख्तियारको अनुसन्धानबाट खुलेको छ । त्यस्तै स्थायी ट्राफिक प्रहरी पोष्ट देवदह खैरेनी, रुपन्देहीका प्रहरी जवान छविलाल पोख्रेल मासिकरुपमा ३ हजार उठाउँदैआएका थिए । उनले टिपर चालकसँग प्रति महिना ३ हजारको दरले रकम असुल्दैआएको पाइएको अख्तियारले जनाएको छ ।

अख्तियारले तीन हजार घुस लिइसकेको अवस्थामा उनलाई नियन्त्रणमा लिएको थियो । उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिम जरिवाना र कैद सजायको मागदाबीसहित विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.