कोरोना भाइरस : उच्च सतर्क रहन आग्रह

कोरोना भाइरस : उच्च सतर्क रहन आग्रह

हेटौंडा : बागमती प्रदेश सरकारले कोरोना भाइरसको संक्रमण रोक्न प्रदेशवासीलाई उच्च सतर्क रहन आग्रह गरेको छ। विश्व स्वास्थ्य संगठनले नेपाल पनि कोरोना भइरसको उच्च जोखिममा रहेको चेतावनी दिएपछि बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले अनावश्यक भ्रम नफैल्याउन र कोरोना भाइरस संक्रमणबाट बच्न उच्च सतर्क रहन प्रदेशवासीलाई आह्वान गरेको हो। मन्त्रालयले प्रदेश मातहतका सबै अस्पताललाई छुट्टै उपचार कक्ष (आइसुलेसन बेड) थप गर्न निर्देशन दिएको छ। साथै, प्रदेशभित्र रहेका सबै निजी अस्पताललाई पनि आइसुलेसन बेड राख्न निर्देशन दिएको सामाजिक विकासमन्त्री युवराज दुलालले बताए।

मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीको नेतृत्वमा रहेको उच्चस्तरीय समितिले चीनसँग सीमा जोडिएको रसुवा र तातोपानी नाकामा स्वास्थ्य चेकजाँचमा थप कडाइ गर्न आवश्यक समन्वयको काम गरिरहेको उनले जानकारी दिए। ‘संघीय सरकारले खटाएको स्वास्थ्य टोलीसँग समन्वय गरेर थप प्रभावकारी स्वास्थ्य हेल्प डेस्क सञ्चालनका लागि हामीले जनशक्ति व्यवस्थापनको काम गरेका छौं’, मन्त्री दुलालले भने, ‘साथै सबै स्वाथ्यकर्मीलाई पनि सतर्क रहन भनेका छौं।’

मन्त्रालयले प्रदेशस्तरीय द्रुत प्रतिकार्य समिति गठन गरी कार्य समन्वयको काम गरिरहेको उनले बताए। स्वास्थ्य निर्देशक रमेश अधिकारीको संयोजकत्वमा प्रदेश प्रहरी प्रमुख, प्रदेश खानेपानी सरसफाइ प्रमुख, सामाजिक विकास महाशाखा प्रमुख, हेटौंडा अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट, पशु सेवा कार्यालयका प्रमुख, सामाजिक विकास मन्त्रालय चिकित्सा शाखा प्रमुख सम्मिलित प्रदेशस्तरीय द्रुत प्रतिकार्य समिति पनि गठन गरिएको छ।

यसैबीच, स्वास्थ्य मन्त्रालयको बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलसहित अन्य सरोकारवालालाई संघीय सरकारले कोरोना भाइरसको संक्रमण रोक्न गरिरहेको प्रयास र समन्वयबारे सोमबार छलफल गरेको छ।

कोरोनो भाइरस त्रासले नेपाल–चीन प्रवेशका लागि छोटो दूरीको रसुवागढी नाकामा एक महिनादेखि ठप्प छ। स्थानीय प्रशासनले नेपाल–चीन व्यापारिक नाका सिन्धुपाल्चोकको तातोपानीबाट ब्यापारिक प्रयोजनबाहेक चीन घुम्न नेपालीलाई एक महिना अघिबाट रोक लगाएको छ। तर, तातोपानी र रसुवागढी नाकासँग पर्यटकीय गन्तव्यमा स्वास्थ्य चेकजाँचमा थप कडाइ गर्नुपर्ने चिकित्सकको सुझाव छ।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.