चिनियाँ गाउँ पसेपछि स्थानीय त्रसित

चिनियाँ गाउँ पसेपछि स्थानीय त्रसित

बेंसीशहर : न्यादी जलविद्युत आयोजनाका चिनियाँ कामदार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलहुँदै सोझै लमजुङ आएपछि मस्र्याङ्दी गाउँपालिकाका स्थानीय त्रसित छन्। विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसबाट सतर्क रहन चेतावनी दिइरहेका बेला चिनियाँ सोझै आयोजनास्थल आएपछि डरत्रास फैलिएको हो।

निर्माणाधीन ३० मेगावाटको न्यादी जलविद्युत आयोजनामा ३८ चिनियाँ आयोजनास्थल पुगेका हुन्। आयोजनाका जनसम्पर्क अधिकृत विजय गुरुङले भने, ‘उनीहरू नेपाल आउनुअघि चीनमै ४८ घण्टा स्वास्थ्य निगरानी गरिएको बताएका छन्।’ चिनियाँलाई अन्य कामदार भन्दा फरक स्थानमा राखिएको उनले बताए।

चिनियाँ चीनको गोन्झाउ प्रान्तबाट बुधबार राती नेपाल आएका हुन्। यसैवीच सुरक्षा निकाय, चिकित्सक र जनप्रतिनिधिले चिनियाँ प्रवेश गरेको मस्र्याङ्दी गाउँपालिका– ६ ठुलोबेंसी क्षेत्रका स्थानीयसँग भेटघाट गरेका छन्। जिल्ला सामुदायिक अस्पतालका डा. वीरबहादुर सन्त्यान, जिल्ला स्वास्थ्य प्रमूख अमर दवाडी, निमित्त प्रमूख जिल्ला अधिकारी अनिल शाहीले कोरोनाको असर र यसबाट जोगिने उपायबारे स्थानीयलाइ जानकारी गराए।

स्थानीय जनप्रतिनिधि, लमजुङ सामुदायिक अस्पतालका चिकित्सक, स्वास्थ्य प्रमुख, सुरक्षा निकायले अनुगमन गरेका छन्। सोमबार विहान ठुलोबेंसीमा जिल्ला सामुदायिक अस्पतालका चिकित्सक वीरबहादुर सन्त्यान र जिल्ला स्वास्थ्य प्रमूख अमर दवाडी, निमित्त प्रमुख जिल्ला अधिकारी अनिल शाहीले सुरक्षा सतर्कताबारे जानकारी गराए। मस्र्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले चिनियाँ कामदारलाई १५ दिनसम्म वरपर नआउन सचेत गराइएको बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.