विश्‍वमै दुर्लभ राजगिद्ध भेटियो

विश्‍वमै दुर्लभ राजगिद्ध भेटियो

जाजरकोट : जाजरकोटको बारेकोट गाउँपालिका १ आग्रखोलामा विश्वमै दुर्लभ मानिने राजगिद्धको जोडी फेला परेको छ। समुद्र सतहदेखि १ हजार २ सय मिटरको उचाइमा रहेको आग्रखोलामा राजगिद्धको जोडी फेला परेको हो।

 
अन्य प्रजातिका गिद्धभन्दा भिन्न स्वभावको गिद्ध तराइमा पाइन्छ। गिद्धको जोडीको वासस्थान बारेकोटमा पनि रहेको पंक्षी संरक्षण संघका केन्द्रीय सदस्य एवं पशु पंक्षीविज्ञ गोन्दिबहादुर सिंहले बताए।

दुलर्भ राजगिद्धको जोडी भेटिनु खुसीको कुरा हो उनले भने, 'राजगिद्धलाई अन्य कुनै पनि गिद्धले आक्रमण गर्न सक्दैनन् । राजगिद्धले अरुबाट सिनो खोसेर खाने गर्दछ । ठालु स्वभावको हुने भएकोले यसलाई गिद्धहरुको राजा मानिन्छ ।'

उनका अनुसार जाजरकोटमा हाडफोरगिद्ध, सुनसिद्ध, हिमालीगिद्ध, सेतोगिद्ध र राजगिद्धको बासस्थान रहेको छ। यसअघि राजगिद्ध जाजरकोटमा फेला परेको थिएन । यी सवै प्रजातिका गिद्ध विश्वमै संकटापन्न अवस्थामा छन्।

दुर्लभ पंक्षी सुनगिद्ध र सेतोगिद्ध नलगाड ५, पोखरा र बारेकोट ९, काप्तीको जंगलमा भेटिएको सिंह बताउँछन्। 'सुनगिद्ध पाइने हिसाबले दक्षिण एशियामै पाल्पा पहिलो र जाजरकोट दोस्रो जिल्ला मानिन्छ,' उनले भने, 'बन अतिक्रमणका कारण लापोन्मुख गिद्धको वासस्थान नास भइरहेको छ।'

लोपोन्मुख पंक्षी तथा जनावरको संरक्षणका लागि स्थानीय तहले कुनै पहल नगरेको उनले बताए।स्थानीयले सुनगिद्धलाई स्थानीय भाषामा कालीगिद्ध भन्छन्। बन विनास तथा अतिक्रमणका कारण लोपोन्मुख गिद्ध बर्षेनि गुड सार्न वाध्य भएको स्थानीय हरिबहादुर सिंहले बताए। 'गिद्धको संरक्षणका लागि सल्ला तथा सिमलको रुख जोगाउनुपर्ने देखिएको छ,' उनले भने, 'जथाभावी जंगल फडानी गर्दा सुनगिद्धको बासस्थान तथा गुड लगाउने क्षेत्र संकटमा पर्‍यो।' सरकारी निकायको बेवास्ताले सुनगिद्ध र राजगिद्धको संख्या जाजरकोटमा कति छ भन्नेबारे एकिन समेत हुन सकेको छैन।

पछिल्लो समय पशु उपचारमा प्रयोग गरिएको 'डाइक्लोफेनेक' औषधिका कारण गिद्ध लोप हुने अवस्थामा पुगेका छन् । यसैबीच, वन तथा वातावरण मन्त्रालयले बारेकोट, कुशे र नलगाडको जंगल तथा पाटनलाई संरक्षित क्षेत्र घोषणाका लागि प्रक्रिया अघि बढाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.