‘स्नोम्यान’ जस्तो विशाल तारा देखियो
वैज्ञानिकहरुले वायुमण्डलीय संरचना भएको एक विशाल तारा पत्ता लगाएका छन् । उक्त ताराको आकृति ‘स्नोम्यान’ को जस्तो छ । यो तारा हाम्रोे सूर्यभन्दा विशाल छ तर त्यसको व्यास पृथ्वीको दुई तिहाई मात्रै छ ।
उक्त खगोलीय वस्तुलाई दुई वटा ‘ह्वाईट ड्वार्फ’ तारा जोडिएर बनेको भन्ने विश्वास छ । शक्तिशाली सुपरनोभाका रुपमा त्यस्ता ताराको विस्फोटन हुन्छ । ताराहरुको आणविक उर्जा सकिएपछि ‘ह्वाईट ड्वार्फ’ बन्छन् । त्यसो हुँदा भित्री भाग तातो बस्छ भने वरिपरिको वायुमण्डल हराउँछ ।
ताराको वायुमण्डलमा भएका भारी वस्तुहरू भित्री भागमा डुब्छन् भने हलुका वस्तु सतहमा बस्छन्। केही ह्वाईट ड्वार्फमा शुद्ध हाईड्रोजन वा हीलीअम ग्यासयुक्त वायुमण्डल हुन्छ।
यो WDJ0551+4135 नाम दिइएको ताराको वायुमण्डलमा कार्बन पाइएको छ जुन अस्वाभाविक हो ।
वरिक विश्वविद्यालयका डा. मार्क हल्यान्ड्सका अनुसार, यो खोजले सूर्यजस्ता तारा मर्ने प्रक्रियाबारे थाहा पाउन सहज हुनेछ । उनले भने, ‘यो ताराको सबैभन्दा चाखलाग्दो कुरा भनेको यो सुपरनोभा बनेर विस्फोट हुन नसकेको हो । यति ठूला ह्वाईट ड्वार्फ एकदमै कम छन्।’