मदन पुरस्कार विजेता पूर्वडीआईजी महेशविक्रम शाहविरुद्ध भ्रष्टाचार मुद्दा

मदन पुरस्कार विजेता पूर्वडीआईजी महेशविक्रम शाहविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं : नेपाल प्रहरीका पूर्वडीआइजी महेशविक्रम शाहविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । शाहको कथासंग्रह ‘छापामारको छोरो’ले मदन पुरस्कार जितेको थियो ।

२०७२ सालमा प्रहरी तालिम केन्द्र दुधौलीमा कार्यरत रहँदा उनले नामै नभएका कर्मचारीको तलब, रासन बुझी राज्यकोषबाट लाखौं ठगी गरेको भन्दै  उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको हो ।

डीआइजी शाहसहित तत्कालीन लेखापाल प्रहरी नायव निरीक्षक दिपेन्द्रप्रसाद पनेरु तथा लेखा सहायक प्रहरी हवल्दार केशव सिंह ऐरी, कोष तथा लेखा नियन्त्रक कार्यालय सिन्धुलीका तत्कालीन लेखापाल सन्जिब विशंखेविरुद्ध पनि मुद्दा दायर गरिएको छ।

उनीहरुले तेत्तीस लाख अठतीस हजार चौरासी रुपैयाँ हिनामिना गरेको अख्तियारले जनाएको छ। उनीहरुमाथि भ्रष्टाचार निवारण ऐन अनुसार अनुसन्धानपछि कारबाही हुनेछ । 

 २०७२ असोज २२ देखि २०७३ माघ २३ सम्म तालिम केन्द्रको समादेशक बनेका उनले तालिमे जवानको तलबमा हिनामिना आरोपपछि प्रहरी प्रधान कार्यालयले प्रहरी महानिरीक्षकको सचिवालय अन्तर्गत प्रहरी निरीक्षणालयका एक एसएसपीको कमाण्डमा छानबिन टोली गठन गरेको थियो । छानबिन टोलीले अध्ययनपछि भ्रष्टाचार गरेको तथ्यसहितको प्रतिवेदन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई बुझाएको थियो ।

 प्रहरी मुख्यालय अन्तर्गत प्रहरी निरीक्षणालयले छानबिनका क्रममा दुधौली तालिम केन्द्र र जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरबाट कागजात झिकाएर छानबिन गरेको थियो । अहिलेको भरतपुर शिक्षालयमा तत्कालीन मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र थियो ।

तत्कालीन समयमा भरतपुर तालिम केन्द्रलाई जुनियर प्रहरी अधिकृत शिक्षालय कायम गरी सिन्धुलीको दुधौलीमा मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र सारिएको थियो । तालिम केन्द्र सर्नेबित्तिकै तत्कालीन प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शाहले समादेशकको जिम्मेवारी पाएका थिए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.