वैदेशिक रोजगार प्रभावित

वैदेशिक रोजगार प्रभावित

काठमाडौं : चीनबाट सुरु भएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण अन्य देशमा फैलिएसँग वैदेशिक रोजगारीको क्षेत्र प्रभावित भएको हो। कोरोनाको आतंक विभिन्न देशमा फैलिएसँगै सरकार तत्काललाई वैदेशिक रोजगारीमा पठाउन बन्द गर्ने मनस्थितिमा पुगेको हो। तर निर्णय भइसकेको छैन।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको पहलमा मंगलबार छलफल भए पनि निर्णय हुन सकेन। छलफलमा गृहमन्त्रालय, परराष्ट्र मन्त्रालय, अध्यागमन विभागका प्रतिनिधि र म्यानपावर व्यवसायी सहभागी थिए। कोरोना भाइरस नेपालीको मुख्य गन्तव्य मुलुक दक्षिण कोरिया, साउदी अरब, संयुक्त अरब इमिरेट्स (यूएई), कतार, बहराइन, कुवेत, ओमनमा फैलिएको छ। कुवेतले विदेशीलाई भिसा दिन प्रतिबन्द लगाइसकेको छ। विश्वभर कोरोनाको त्रास बढ्न थालेपछि बहराइन जान लागेका ३० नेपालीलाई केही दिनअघि संयुक्त अरब इमिरेट्सको दुबईबाट फर्काएका थिए। सरकारले कोरियामा कामदार पठाउन रोक लगाइसकेको छ। अन्य प्रभावित देशमा पनि नपठाउने विषयमा व्यापक छलफल भइरहेको छ।

वैदेशिक रोजगार विभागका अनुसार दैनिक एक हजार पाँच कामदार वैदेशिक रोजगारीमा जाने गरेका छन्। तर, पछिल्लो समयमा वैदेशिक रोजगारीमा जाने कामदारको संख्या घट्दै गएको छ। वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णुप्रसाद गैरेले नपठाउने निर्णय तत्काल गर्न नहुने बताए। ‘कामदार लैजाने देशले नपठाउनु नभन्दासम्म यहाँबाट रोक्न हुन्न’, उनले भने। सरकार प्रभावित क्षेत्रमा कामदार पठाउन रोक्न चाहे पनि व्यवसायीकै अडानका कारण पछि हटेको हो।

विश्व स्वास्थ्य संगठनले नेपालालाईसमेत जोखिममा राखेसँगै सरकारले कोरोना भाइरसबाट बच्न सचेतना अपनाएको छ। अत्यावश्यक कामबाहेक विदेश नजान निर्देशन दिइको छ। यस्तै सर्वोच्च अदालतले समेत प्रभावित मुलुकसँगको हवाई उडान स्थगन गर्न आदेश दिइसकेको छ। श्रममन्त्री रामेश्वररााय यादवसमेत अवस्था सहज नहुदाँसम्म कामदार पठाउन रोक्नुपर्ने पक्षमा देखिएका छन्। विभिन्न देशमा कोरोनाका असर देखिन थालेपछि कतिपय कामदार विचल्लीमा पर्ने भएकाले तत्काल पठाउन रोक्नुपर्ने पक्षमा छन्। ४३ लाखभन्दा बढी कामदार वैदेशिक रोजगारीमा छन्। उनीहरूलाई उद्धार गर्नुपर्ने अवस्था आए नेपालमा ल्याउन सम्भव नभएको अधिकारीको भनाइ छ।

सरकारले अत्यावश्यक कामबाहेक, अध्ययन, घुमफिर एवं मनोरञ्जन भ्रमणका लागि विदेश नजान अनुरोध गरिसकेकाले केही समयपछि वैदेशिक रोजगारीमा जाने कामदारलाई भिसा नदिने सरकारी अधिकारी बताउँछन्। विदेश जान चाहने विद्यार्थीलाई हाललाई स्वीकृतिपत्र जारी नगर्ने, वैदेशिक रोजगारीमा जानेका लागि पनि अत्यावश्यक अवस्थाबाहेक नजान र कोरोना भाइरसबाट जोगिन सावधानी अपनाउन भनिसकेको छ। प्रभावित क्षेत्रका राजदूतावासले प्रेस विज्ञप्ति जारी गरेर कोरोनाबाट जोगिन सुझाएका छन्।

संघका महासचिव सुजित श्रेष्ठले कोरोनाका हल्लाले वैदेशिक रोजगार पूर्णरूपमा प्रभावित भएको बताए। ‘प्रभावित क्षेत्रमा नपठाउन हामी पनि सजग छौं’, उनले भने, ‘तर सबै देशमा कामदार नपठाउने निर्णय गर्नु उचित हुँदैन।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.