सुख्खा पहिरोले सडक भाँसिएपछि पर्यटकलाई सास्ती

सुख्खा पहिरोले सडक भाँसिएपछि पर्यटकलाई सास्ती

जोमसोम : सुख्खा पहिरोले सोमबारदेखि अवरुद्ध भएको बेनी–जोमसोम सडकखण्डमा मुस्ताङ आउजाउ गर्ने पर्यटकले सास्ती पाएका छन्। राष्ट्रिय गौरवको आयोजना, कालिगण्डकी करिडोरले सडक स्तरोन्नति गर्दै गरेको मुस्ताङको थासाङ गाउँपालिका-४ र ३ को घैकु खोला नजिक सुख्खा पहिरो गएपछि सडक अवरुद्ध भएको हो।

सुख्खा पहिरोले करिव १५ मिटर सडक भाँसिएको थियो। नियमति सडक चौडा र भीर कटिङ गर्ने क्रममा खटिएको एक स्काभेटर समेत कालिगण्डकीमा खस्दा सिन्धुपाल्चोक घर भएका अपरेटर चालक अजुर्न दाहालको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। स्काभेटरले  सडक माथिको माटो पन्छ्याउने क्रममा सुख्खा पहिरो गएपछि सडक खन्ने उपकरणसहित अपरेटर चालक कालिगण्डकी नदीमा खसेका थिए। यस्तै पहिरोले मुस्ताङ जाने एक बसमा समेत क्षति पुगेको थियो।

मुस्ताङको घासामाथि घैकु खोला नजिक सुख्खा पहिरोले सडक अवरुद्ध भएपछि म्याग्दी र मुस्ताङको यातायात सेवा अवरुद्ध भएको घासा प्रहरी चौकीका इञ्चार्ज नीमप्रसाद तिमिल्सिनाले बताए। उनका अनुसार म्याग्दी हुँदै मुस्ताङ जाने पर्यटकले सवारी फेरबदल गर्नु पर्ने अवस्था रहेको छ। मुस्ताङ जाने पुरै सडक पुरिएको र जमिनसमेत भाँसिएकाले उपल्लो घासा माथिको जंगलको बाटो हुँदै करिव ४५ मिनेट पैदल हिँडेर घैकु खोलामा झर्नु पर्ने भएको इञ्चार्ज तिमिल्सिनाले जानकारी दिए।

सडक अवरुद्ध भएपछि सबैभन्दा बढी सकस भारतीय पर्यटकलाई परेको छ। जगंलको अप्ठ्यारो उकालो–ओरालो बाटोमा पर्यटकलाई सवारी फेर्न समस्या भएको स्थानीय प्रयास थकालीले बताए। यस्तै ,सडककै कारण खाद्यान्न लगायतका मालसामान ढुवानी तथा ओसार–पोसारमा समेत समस्या परेको उनले जानकारी दिए।

शर्मा गजुरमुखिका प्रोजेक्ट मेनेजर नरेन्द्र न्यौपानेले बुधबारदेखि सडक खुलाउन पहल सुरु भएको बताए। उनले सडक माथिको भाग धुजा-धुजा परेकाले ब्लास्टिङ गरी चिरा परेको भागलाई मेटेर सडक सफा गर्ने योजना रहेको छ। अहिले ब्लास्टिङका लागि होल खुल्ने काम भइरहेको र आजै सडक सफा गर्ने लक्ष्य रहेको बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.