यात्रुका सारथी इन्द्र दाइ

यात्रुका सारथी इन्द्र दाइ

जोमसोम : राष्ट्रिय गौरव आयोजना अन्तर्गत कालिगण्डकी करिडोरले निर्माण गर्दै गरेको बेनी–जोमसोम–कोरला सडकखण्डमा आउने विभिन्न प्रकार समस्यामा यात्रुको सारथी बनेका छन् इन्द्र दाइ अर्थात इन्द्रसिंह शेरचन ।

करिडोर सडकको बेनी–जोमसोम ७६ किमी निर्माणधीन सडक स्तरोन्नतिका लागि सुपरभाइजरका रूपमा खटिएका उनले प्राकृतिक प्रकोपका कारण सडकमा आइपर्ने समस्यामा हरेक यात्रुको सारथी बनेर सघाउने गरेका छन् ।

पुर्ख्यौली घर थासाङ गाउँपालिका भएका उनको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा होटल छ । उनी पेशाले एक पर्यटक गाइड पनि हुन् । उनले करिडोर सडकको रेखदेखको जिम्मेवारी पनि सम्हाल्दै आइरहेका छन् ।

राष्ट्रिय गौरवको बेनी–जोमसोम सडक स्तरबृद्धिको काम २०७४ सालदेखि भएको हो । उनी सडकको काममा खटिएको पनि ३ वर्ष पुरा भइसकेको छ । सडक निर्माणको क्रममा आईपर्ने जुनसुकै विपतकालीन परिस्थितिमा उदार भावले सघाउने उनको बानी परेको छ । यात्रु उद्दार तथा दोहोरो सवारी आउजाउमा दिलो ज्यानले सघाउने इन्द्र दाइ उक्त सडकमा चल्ने सवारी चालक सबैका प्रिय पात्र बनेका छन् ।
 
यसपटक पनि उनले यस्तै, अर्को एक यात्रु उद्दारको उदाहरणीय कार्य गरेका छन्। गत मंगलबार बेनी–जोमसोम सडकखण्ड अन्तर्गत थासाङ गाउपालिका ४ घैकु खोला नजिक सुख्खा पहिरो गएपछि सडक अवरुद्ध बन्यो । दुईतर्फी सडक बन्द भएपछि मुस्ताङ आउजाउ गर्ने पर्यटकलाई समस्या पर्‍यो । अवरुद्ध सडक पैदलै हिँडेर अर्को सवारी फेर्नुपर्ने बाध्यता पर्यटकलाई आयो । 

सडकमाथिको भीर जंगल र खाल्डाखुल्डी बाटो पार गर्न पर्यटकलाई  हम्मेहम्मे पर्‍यो ।  जुन बाटो छिचोल्न ४५ मिनेट समय लाग्थ्यो । निकै जोखिमयुक्त बाटोमा यात्रुका सारथी इन्द्र दाइले मुस्ताङ जाने पर्यटकहरुलाई काँधमा बोकेरै गन्तव्यमा पूर्‍याए । उनले यात्रुलाई बोकेर उद्दार मात्र गरेनन् यात्रुको सामान बोक्ने र हात समातेर बाटो कटाइदिने लगायतका काम गरे । 

उनी आफूले यसप्रकारको सामाजिक उत्तरदायित्वको सहयोगी काम धेरै पटक गरेको बताउँछन्। उनले भने, ‘समस्या आइपर्दा सहयोग गर्नु मानवीय धर्म हो । यस्तो काम गर्दा कनै आशा र अपेक्षा राख्दिनँ । निस्वार्थ भावले सेवा गर्दै आएको छु ।’ उनले सडक निर्माणको क्रममा यात्रुलाई आईपर्ने समस्यामा सहयोग गर्ने गरेको बताए । गत वर्ष म्याग्दीको महभीरमा सडक अवरुद्ध हुँदा धेरै पर्यटकलाई बोकेर सहयोग गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.