प्रहरी अधिकृतको नक्कली प्रमाणपत्र
काठमाडौं : नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक उत्तम कार्कीको शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र फेला परेको छ । उनले मगध विश्वविद्यालय बोधगया भारतबाट बी.कम. उत्तीर्ण गरेको प्रमाणपत्र पेश गरी बढुवा नियुक्ति लिएको र उक्त शैक्षिक प्रमाणपत्र प्रमाणीकरण विवरणबाट झुठ्ठा भन्ने पुष्टि भएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रसेवक ओहोदामा बहाल रहने र सो हैसियतले लाभ वा सुविधा पाउने उद्देश्यले उक्त झुठ्ठा योग्यताको प्रमाणपत्र पेश गरेको देखिएपछि सई कार्कीविरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिम सजायको मागदावीसहित विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।
सई कार्की र शिक्षक अर्यालविरुद्ध भ्रष्टाचार निवारण ऐन, बमोजिमको माग दाबीसहित विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।